तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:२६
Buddha Eyes

गत हप्ता जिल्लामा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र नेकपाको वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको आगमनले नेता कार्यकर्तादेखि स्थानीय सरकार, प्रमुखहरू प्रहरी प्रशासकसम्मको दौडधुप चल्यो । गच्छे अनुसारको स्वागत र सत्कार भयो । बिडम्वना शुक्रबार राती कोरोना भाईरसको भन्दा एककदम अगाडी महामारीको रूपमा अनलाईन र फेसबुकमा नेकालाई जय नेपाल गर्ने टुईटरले छायो ! नेकाका भातृ संस्था ट्रेड युनियन र प्रेश युनियन भन्ने संस्थाका माहिम देवकोटाले काँग्रेसमा आरक्षण कोटा नपाएको झोकमा नेकपामा छिरेर द्रब्य र सभ्य हुने सोचमा कस्सिए । आरक्षण कोटा नपाएका देवकोटालाई अनलाईन र फेसबुकले गर्दा नुवाकोट काँग्रेसले महामानव विपी कोइरालालाई भन्दा बढी महत्व दिएपछि तेस्रो अाँखा भुतुक्कै ! अहिले काँग्रेस सिलो खोज्नुपर्ने अवस्थामा पुगेको बेला एकजना होनाहार कार्यकर्ता नेकपामा जान लागेपछि नुवाकोटको केसी गुटमा उद्यम नै मच्चीएछ । उहाँलाई रोक्ने शुक्रबार मध्यरातदेखि पूजा, अर्चना, नैवेध, भेटी चढाएर प्रशन्न पार्ने जिम्मा ब्यापारी संस्थालाई दिएछन् । नुवाकोट नेकपाले आफ्नै कार्यकर्तालाई काम दिन नसकिरहेको अवस्थामा भित्र्याएको माग पूरा गर्न फलामको चिउरा थियो । यही समस्या बुझेर होला भित्र्नि तयार पारेको कार्जेक्रममा देवकोटाको अनुपस्थितिले कमरेडलाई विलिनो !