सेनाको तालिम गण मैथलीमा फुटवल मैदान

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:३२

बट्टार, नेपाली सेनाको श्री नं.१ तालिम गण मैथली शिविर नुवाकोटको गण हाताभित्र निर्मित राष्ट्रियस्तरको फुटबल मैदानको फागुन १२ गते विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले उद्घाटन गर्नुभयो ।

विदुर नगरपालिका, नेपाल विद्युत् प्राधिकरण नुवाकोट, नुवाकोट जिल्ला खेलकुद विकास समिति, गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुवेंशी–रसुवागढी सडक योजना र ताँदी खोला क्रसर उद्योगको भौतिक सहयोगमा निर्मित उक्त मैदानको साईज १०० ह् ६४ मिटर रहेको छ । खेल मैदानको उद्घाटन पश्चात् आयोजना गरिएको नं.१ तालिम गण र एन्फा ११ नुवाकोटबिच भएको फुटबल प्रतियोगितमा नं.१ तालिम गणको टिम २/१ गोल अन्तरले विजय भएको थियो । विजयी टिमलाई प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख पण्डितले खसी उपहार प्रदान गर्नुहुँदै स्थानीय र गणका सेनाबीच समयसमयमा फुटबल प्रतियोगिता गर्न सुझाव दिनुभयो ।

सो कार्यक्रममा गणका गणपति प्रमुख सेनानी खेमराज शर्माले फुटबल मैदानलाई नेपाली सेनाले मात्र नभई आवश्यक परेमा स्थानीय संघ, संस्थाले स्वीकृत लिएर प्रतियोगितामा समेत उपभोग गर्न सक्ने बताउनु भयो ।