लोकनृत्य प्रतियोगिता सम्पन्न

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:४८

बट्टार, नुवाकोटको शैक्षिक विकासमा क्रियाशिल असहाय, जेहेन्दार तथा जनाजतिको लागि शिक्षा संस्थाको ११औं वार्षिकोत्सव तथा छैठांै अधिवेंशनको उपलक्ष्यमा तार्केश्वर गाउँपालिकाभित्रका आधारभुत र मावि तह स्तरीय लोकनृत्य प्रतियोगिताको सम्पन्न भएको छ ।

सो प्रतियोगितामा प्रथम हुने पिमल्टार माविलाई ८ हजार, दोस्रो हुने शंखादेबी माविलाई ६ हजार, तृतीय हुने श्रीकृष्ण मावि लाई ४ हजार र सान्तोना हुने पंचमिलन आधारभूत बिद्यालयलाई २ हजार नगर, पुरस्कार र प्रमाणपत्र वितरण गरेको थियो । वार्षिकोत्सवको अवसरमा त्रिशुली अस्पतालका २६ जना बिरामी र देवीघाटमा रहेको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको बृद्धाश्रमका ३१ जना बृद्ध–बृद्धालाई फलफुल वितरण गरिएको संस्थाका सचिव राममणि अधिकारीले जानकारी दिनुभयो ।

वार्षिकोत्सव तथा छैठौं अधिवेंशनबाट ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मत् चयन भएको छ । निर्वाचित अध्यक्ष, उपाध्यक्ष सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः बाबुराम शर्मा अधिकारी, शेषराज शर्मा, नवराज अधिकारी, राजाराम अधिकारी र राममणी अधिकारी रहेका छन् । कार्यसमितिको सदस्यमा गोरखबहादुर तामाङ, रविन्द्र घिमिरे, रमेश घिमिरे, देवकी अधिकारी, सुमिता श्रेष्ठ र कन्चन तामाङ रहेका छन् । वार्षिकोत्सवमा आगामी वर्षको कार्य योजनाको बारेमा छलफल र तार्केश्वर गाउँपालिकासँगको सहकार्यमा गाउँपालिकाभरी रहेका बृद्धबृद्धा र अपाङ्गलाई आर्थिक सहयोग गर्ने निर्णय भएको छ । ज्योती विकास बैंक र प्राईम बैंकको सहकार्यमा अनाथ तथा असहाय बालबालिकाको उज्जवल भविश्यको लागि ज्योती विकास बैंकले ५० हजार र प्राईम बैंकले १२ हजार यो वर्षबाट सहयोग निरन्तरता दिने भएको छ । संस्थाले वार्षिक रुपमा विगत ३ वर्षदेखि टुहुरा तथा अनाथ बालबालिकालाई दिंदै आएको जनही ६ हजार सहयोगको दरले ९ जनालाई प्रदान गरेको छ ।