तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०७६, बिहीबार ११:१४
Buddha Eyes

कोरोना भाईरसको त्रास नपरेको क्षेत्र कुनै छैन होला अहिले ! कोरोना भन्ने भाईरसले विश्वलाई त्रसित बनाईरहेको बेला नुवाकोट मात्र किन अछुतो रहन्थ्यो र ! कोरोनासँग लड्न जिल्ला अस्पतालमा आईसोलेसन कक्ष बनाएर खुव चर्चा बटुल्यो । जिल्ला अस्पतालको दर्जा पाएको भौतिक साधान स्रोत र जनशक्ति भएर पनि रिफर गर्ने बानी परेका कारण बिरामी जति निजी क्लिनिक र अस्पतालमा टनाटन ! अस्पतालले अहिले कारोना संक्रमित र सम्भावित उपचारको प्रबन्ध गर्न भनेर भूकम्पको बेला पाएको त्रिपाललाई टांगेर आईसोलेसन कक्ष बनाएछ । त्यो कक्षमा मापदण्डअनुसारको उपकरण र अन्य ब्यवस्था भए नभएको हेर्ने जिम्मेवारी निकाय नभएपछि बुधबार सुटुक्क हटेछ ? सर्तकता र जनचेतना फैलाउनु त राम्रो हो तर उपचार कक्ष लहडमा बनाउने प्रमुख डाक्टर साहेवलाई सलाम छ । आखिर बजेट त फिर्ता गर्नु भएन नि ? कोरोना भन्ने कस्तो प्रकारको जन्तु हो ? अहिले जिल्लाका सबैलाई त्राहीमाम् बनाईरहेको छ । कृत्रिम अभाव र कालो बजारी बढाउने, विद्यालयलाई चाडै परीक्षा गर्न दबाव दिंदै कामचोर शिक्षक तह लगाउने, सरकारी कार्जेलयमा कर्मचारीलाई समयमा अफिस आउने र भ्रष्टाचार नगर्न पाठ सिकाउने कोरोनालाई जय नेपाल छ । काम नगर्नेहरूलाई अहिले बाहना बनाउन कोरोनालाई दोष दिएर जिम्मेवारीबाट पन्छिन र बजेट स्वाहा बनाउनेलाई लालसलाम छ !