क्यालिभर जुत्ताको शोरूम

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०७६, बिहीबार ११:१५

विदुर, नेपाली जुत्ताको पारखीलाई लक्ष्य गरेर क्यालिभर सुजले नुवाकोटाको ढुंगेमा आधिकारिक शोरूम मंगलबारदेखि सञ्चालनमा ल्याएको छ ।

ढुंगेको वनदेवी पेट्रोल पम्पसँगै खुलेको शोरूममा १ हजार ५ सयदेखि ५ हजार मूल्य सम्मका फर्मल, क्याजोल, बुट्स, स्नेकर्स, सिलिपिन्सका २० वटा भन्दा बढी मोडलमा उपलब्ध रहेको छ । सञ्चालक सन्तुमाया तामाङले ३५ लाख भन्दा बढी लगानी गरेर मंगलबारदेखि सञ्चालनमा आएको शोरूमले केही समयको लागि कम्पनी जुत्ता र मोजाको मूल्यमा दश प्रतिशतसम्म छुट दिईरहेको छ । जुत्ताको मूल्य र मोडलको जानकारी क्यालिभर कम्पनीको वेबसाईटमा राखिएको छ । क्यालिभर शोरूमबाट नुवाकोटका नेपाली जुत्ताका पारखीले जुत्ता खरदि गर्न अब काठमाडौं धाउनु नपर्ने भएको छ । जुत्ताको वारेन्टी, ग्यारेण्टी र सर्भिसिङको समेत सुविधा रहेको सोरूमकी सञ्चालक तामाङले बताईन् ।