रामचन्द्र आधारभूत विद्यालयको जिम्मेवारी निर्मलालाई

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०७६, बिहीबार ११:२३

बेत्रावती, विदुर नगरपालिका वडा नं.–१० को बेत्रावती बजारमा २०१६ सालमा स्थापना भएको रामचन्द्र आधारभूत विद्यालयले ब्यवस्थापन समितिको छैठौं अध्यक्षको रुपमा बेत्रावतीकी निर्मला श्रेष्ठ (लवट) पाएको छ ।

विदुर नगरपालिका शिक्षा शाखाको फागुन ६ गतेको निर्णय र पत्रानुसार विद्यालय बयवस्थापन समितिको अध्यक्षमा निर्मला श्रेष्ठ र सदस्यमा प्रेमबहादुर थापा, श्यामबहादुर तामाङ, कृष्णबहादुर सुनुवार मनोनित र सरिष्मा तामाङ र छेवाङ तामाङ पदेन सदस्य चयन भएको विदुर नगरपालिका वडा नं.–१० वडा अध्यक्ष गणेश नेपालले जानकारी दिनुभयो । समितिको सदस्य सचिवमा प्र.अ.सन्तोष नेपाल, शिक्षक प्रतिनिधीमा सिता पुलामीमगर, शिक्षक अभिभावक संघको अध्यक्षमा पर्मा सिं तामाङलाई सर्वसम्मत् चयन गरेको छ ।

त्यसैगरी, विद्यालयको सल्लाहकार समितिमा पुर्णलाल डंगोल, टेकबहादुर डंगोल, मंगल लवट, अष्टमान डंगोल, सन्तलाल डंगोल, शशी डंगोल रहेका छन् । शिक्षक अभिभावक संघको अध्यक्षमा पर्मा सिं तामाङ, सदस्यमा निमा तामाङ, दार्के तामाङ, कुमारी तामाङ, आङतोम्बा तामाङ, नाङ्सल तामाङ, लासेन तामाङ, रानीमाया तामाङ, निर्मला नगरकोटी, सुनिता परियार (शिक्षक), सन्तोष नेपाल प्र.अ. रहेको छ ।

स्थापनाकालदेखि हालसम्म ईन्द्रप्रसाद घिमिरे, चन्द्रशेखर लम्साल, चन्द्रलाल श्रेष्ठ, भरतलाल श्रेष्ठ (भरतसाहु), शिवशंकर डंगोल, चक्रबहादुर डंगोल, पूर्णलाल डंगोलले अध्यक्ष भएर काम गरी सक्नुभएको छ । कक्षा नर्सरीदेखि युकेजी, एलकेजी हँुदै कक्षा १ देखि ८ सम्म अङ्ग्रेजी माध्यमबाट पढाई हुँदै आएको विद्यालयमा हाल १ सय ७५ विद्यार्थी अध्ययनरत रहेका छन् ।