गाईभैसीलाई सुत्केरी भत्ता वितरण

  • त्रिशूली प्रवाह
  • २९ फाल्गुन २०७६, बिहीबार ११:२४
Logo of trishuli prawaha

रानिपौंवा, ककनी गाउँपालिकाले पशुपालन र दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न गाईभैसीलाई सुत्केरी भत्ता वितरण गरेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ को निति तथा कार्यक्रममा समावेंश भएअनुसार गाउँपालिकाको पशु सेवा शाखाले वडा नम्बर वडा ५ मा एक कार्यक्रम गरी सुत्केरी गाईभैसी पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ ।
चालु आर्थिक वर्षको साउनयता वडा नम्बर–५ मा २ वटा गाई र २० वटा भैसी सुत्केरी भएका थिए । ती २२ वटा गाईभैसीका किसानलाई ३÷३ हजार रुपैयाँको दरले नगद वितरण गरिएको पशु सेवा शाखाका प्रमुख बाबुकाजी पाण्डेले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रममा ककनी ५ का वडाध्यक्ष राम लामा थिङले दुग्ध ब्यवसायलाई प्रोत्साहन गर्न गाउँपालिकाले सुत्केरी गाइभैसीलाई प्रोत्साहन भत्ता दिन थालेकोले त्यसलाई निरन्तर रुपमा अघि बढाइने बताउनुभएको छ । कार्यक्रमको प्रभावकारितालाई हेरेर अर्को आर्थिक वर्षदेखि प्रोत्साहन रकम बढाउने योजनामा गाउँपालिका रहेको उहाँले बताउनु भयो ।
सुत्केरी भत्ता वितरण कार्यले किसानलाई गाइभैसी पाल्न प्रेरित गरेको स्थानीय किसान राजकुमार गुरुङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।