हाम्रा कुरा कारोना भाईरससँग नडराउँ, सजग बनौं

  • त्रिशूली प्रवाह
  • ७ चैत्र २०७६, शुक्रबार १३:३५
Logo of trishuli prawaha

कोरोना भाईरस (कोभिड–१९)को संक्रमण संसारभर फैलिरहेको छ । यसबाट बच्न विश्वका साना–ठुला शक्ति राष्ट्र आ–आफ्नो क्षमता अनुसार लागिरहेका छन् । नेपालले पनि कोरोना भाईरसबाट बच्नलाई उच्च सर्तकर्ता र जनचेतनाको काम गरिरहेको छ । चीन र भारतको सीमा नाकामा नेपाल प्रवेश गर्नेलाई कडा गरिएको छ । नेपाल र भारतले संयुक्त सुरक्षा रणनिती तयार गरेको छ भने छिमेकी मित्रराष्ट्र चीनले कोरोनाको संक्रमण रोक्ने र संक्रमणमा साथ र सहयोग गर्ने प्रतिर्वद्धता जनाएको छ । सार्क राष्ट्रभित्र कोरोना विरूद्धको अभियान सञ्चालन गर्न साझा प्रतिवद्धता ब्यक्त गरिएको छ । रोगसँग डराएर समस्या समाधान हुँदैन । त्योसँग सजग रहे मात्र बाँच्न र बचाउन सकिन्छ । कोरोना भाईरसले विश्व हल्लाएको छ । यो चीनबाट फैलिएर विश्वभर पुगेको छ । यसबाट संक्रमित कैयौंले ज्यान गुमाएका छन्, कैयौं प्रताडित छन् तर धेरै ब्यक्ति सफल उपचारपछि घर फर्किएका छन् । कोरोना भाईरसबाट कसरी बच्ने भन्ने कुरामा ध्यान दिन सकियो भने सुरक्षित भईन्छ ।

नेपाल सरकारले कोरोनासँग सचेत रहन आम नेपालीलाई आग्रह गरिरहेको छ । भिड–भाडमा नजाने, जानै परे मुखमा मास्क, हातमा पन्जा लगाएर मात्र जाने, साबुनपानीले राम्ररी हात धुने भनेर नागरिकलाई सचेत गराएको छ । यसप्रति हामी सबै सचेत बन्न आवश्यक छ । रोगले सानो ठुलो, धनी गरीव भन्दैन । त्यसैले बेलैमा सचेत बनौं । अहिले अनेक हल्ला फैलाएर मान्छेलाई त्रसित पार्ने काम भईरहेको छ । यस्ता त्रसित पार्ने जो कोहीलाई कारबाही गरियोस् ।

सञ्चार माध्यमले नकारात्मक मात्र होइन, सकरात्मक प्रचार बढी गर्नुपर्छ । कोरोनाबाट मान्छे मरेको मात्र समाचार होइन । कोरोनाको उपचारपछि घर फर्किएकाको पनि समाचार बनाउनु पर्छ । नेपालीलाई त्रसित होइन हौसला हुने खालको सन्देश प्रवाह गर्नु आवश्यक छ । कारोना भाईरसको अफाह फैलाएर कतिपय ब्यापारीले सामानको अभाव देखाएर बढी मूल्य लिएका छन् । यस्तालाई पनि कारबाही गर्न सरकार डराउँनु हुँदैन । जब जब मुलुकमा समस्या आईपर्ने संकेत देखा पर्छ तब–तब ब्यापारीले दैनिक उपभोग्य सामानमा कालो बजारी गरी रातारात नाफा कमाउने मनसाय बनाएको देखिन्छ । समस्या परेका बेला नागरिकलाई सेवा सुविधा र सहुलियत दिनु त कता–कता झन् सरकार र नागरिकलाई नै समस्या पर्ने गर िउपभोग्य सामानको अभाव गरी समस्यामा झन् समस्या थप्ने काम गर्नु अपराध गरे सरह नै हो । यसप्रति नागरिक, ब्यापारी, सरकार र संघ–संस्था सबैले जिम्मेवारीबोध गर्नुपर्छ ।