संगम सहकारीबाट वि.न.पा.को दैवी विपत उद्धार कोषमा रकम जम्मा

  • त्रिशूली प्रवाह
  • १९ बैशाख २०७७, शुक्रबार ०९:५४

बट्टार, संगम बचत तथा ऋण सहकारी संस्था लि. वि.न.पा–४ बट्टारले सामाजिक उत्तरदायित्व अन्र्तगत बिदुर नगरपालिकाले खोलेको बिदुर नगरपालिका दैवि विपत उद्धार राहत कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरेको छ ।

सहकारीको अध्यक्ष नारायण श्रेष्ठले नगरपालिकाका मेयर सञ्जु पण्डितलाई संस्थाको पदाधिकारी तथा सञ्चालकको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । सञ्चालक समितिको निर्णयानुसार सहकारीले कोरोना भाईरस (कोभिड १९) महामारी नियन्त्रण तथा रोकथामको लागि नगरमा रहेको अािर्थक अवस्था अति कमजोर रहेका समुदायका ब्यक्तिहरु जो लकडाउनको कारणले रोजगारीबाट बञ्चित छन् उनीहरुलाई न्युनतम आवश्यकीय वस्तु पाओस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको बताएको छ । अध्यक्ष श्रेष्ठले उक्त आर्थिक सहयोग सहि रुपमा उपयोग हुने बिश्वास ब्यक्त गर्नुभएको छ । मेयर पण्डितले यस्तो विपद अवस्थामा बिदुर नगरपालिकको राहत कोषमा सहयोग गर्ने पहिलो संस्था भएकोमा संगम सहकारी संस्थाप्रति हार्दिक आभार ब्यक्त गर्दै संगम सहकारीले जसरी नगरमा रहेका अन्य सहकारी संस्था, विभिन्न संघ संस्थाहरु तथा सहयोगी महानुभावहरुले कोषमा सक्दो सहयोग गरिदिनु हुन आग्रह गर्नुभयो । बास्तविक दैनिक गुजारा चलाउन धौंधांै रहेको १३ वटा वडाकै जनताहरुको पहिचान गरि प्रत्येक वडाको वडाध्यक्ष मार्फत अल्पकालिन खाद्यान्न उपलब्ध गराउने समेत उहाँले जानकारी दिनुभयो ।
संस्थाले आफ्नो ३२७ जना शेयर सदस्यहरुलाई आर्थिक समस्याको मध्यनजर गर्दै अग्रिम लाभांस स्वरुप प्रति सदस्य ५ हजार वा शेयर रकमको १० प्रतिशतले हुन आउने रकम सदस्यहरुको घर घरमा गई बितरण गर्ने निर्णय समेत गरेको कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनु भयो । संस्थाले स्थापनाकालदेखी नै जिल्लाका विभिन्न स्वास्थ्य, शैक्षिक, खेलकुद, सामाजिक तथा धार्मिक क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरिरहेको संस्थाका ब्यवस्थापक अजयकुमार थापाले जानकारी दिनुभयो ।