तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ५ असार २०७७, शुक्रबार ०९:१४
Buddha Eyes

नुवाकोटमा कुखुराको चल्लादेखि पार्टीका नेता उत्पादन गर्नेमा आत्मनिर्भर जिल्ला हो । प्राकृतिक स्रोत, साधन र कृषि उत्पादनमा अब्बल जिल्ला हुँदा हुँदै पनि भिजन बनाउनेको खडेरीले कृषि उत्पादन क्षेत्र घडेरीमा परिणत ! नदीजन्य सामाग्री उचित प्रयोग गर्न सके नुवाकोटले खाडी मुलुकले पेट्रोलियम र ग्यास प्रशोधन गराएर धनाध्य भईरहेका छन् । हरेक वर्ष सोह्रश्राद्धको तिथी आए जसरी तीन महिना जिल्लाका नदीनालामा पस्न निषेध ! आषाढ संक्रान्तीदेखि भदौ मसान्तीसम्म ! ठिकै हो वर्षात् शुरू भएपछि खोलानाला बाढी आउँछ । जनधनको क्षति हुन्छ भनेर जिल्लाको गन्यमान्यज्यूहरूको भेलाले गत हप्ता निर्णय भएको होला । नदीनालामा विगतमा पनि बालुवा ढुंगाका प्रतिबन्ध लगाउदा प्रहरी प्रमुखदेखि सेटिङमा संलग्न कोहीको बढुवा, कोहीको खोसुवा, कोही चेपुवा, कोही सरूवा भएका थिए । यसपटक पनि निषेध गर्दा गिट्टी, बालुवा झिक्नेको लागि किनिएको स्काभेटर र ट्रिफरमा खिया लाग्छ कि समन्वय प्रमुखज्यू ?