रसुवागढी नाका खुलाउन दबाव

  • त्रिशूली प्रवाह
  • ५ असार २०७७, शुक्रबार ०९:४९

-सरस्वती न्योपाने

धुन्चे, करीव पाँच महिनादेखि बन्द रहेको रसुवागढी नाका खुलाउन ब्यवसायीले दबाव दिन थालेका छन् ।

रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जिव अमात्यका अनुसार रसुवामा हालसम्म कारोना भाईरस नदेखिएको र रसुवगाढी नाका सञ्चालनमा ल्याउँदा केही असर नपर्ने बताएका छन् । उनले अहिलेसम्म चीनको तिब्बतमा कोरोनाको संक्रमण नदेखिएका भएपनि नाका बन्द गरेका थिए । अहिले भाईरस चीनको केरुङमा नआईपुगेको र रसुवा जिल्ला पनि खतरामुक्त भएका कारण पछिल्लो समय ब्यवसायी तथा ब्यापारीको संघ–संगठनले विभिन्न निकायमा निवेदन दिनेलगायत समन्वय गरी नाकाको ब्यवस्थापनका लागि प्रक्रिया अघि बढाउन दबाव दिईरहेका छन् ।

२०७१ सालदेखि औपचारीक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक साढे तिन सय गाडी आवत–जावत गर्ने गरेका थिए । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई न्युनिकरण गर्नका लागि २०७६ माघ १५ देखि नाका पुर्णरुपमा बन्द रहेको थियो ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं.–२ टिमुरे वडाध्यक्ष दावादिण्डुप लामाले नाका खोल्ने विषयमा ब्यापक रुपमा छलफल गरी पहल भईरहेको बताउनु भयो । कोरोनाको डरले शुरुका दिनमा नाका खोल्ने विषयमा स्थानीयले मानेका थिएनन् । अहिले नाका खोल्ने विषयमा स्थानीयको सहमति भएपछि पहल अघि बढाइएको वडाध्यक्ष लामाले बताउन्ु भयो ।
चीनको केरुङतर्फ नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रीसोको कुच्चोलगायतका सामाग्री निर्यात हुने गरेको छ भने केरुङबाट नेपालमा रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामाग्री, फलफुल र टेलिकमका सामाग्री आयात हुँदै आएका छन् ।

यस्तै, चीनसँग नाका जोेडिएको दुई वटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यस अघि नै सञ्चालनमा आईसकेका छन् । रसुवागढी नाका माघ १५ देखि बन्द रहेको थियो शुरुमा स्थानीयले कोरोनाको डरले नाका खोल्ने अडान रहे तापनि अहिले टिमुरेबासी नाका खोल्न पहल थालेको टिमुरेकी मनु मगरले बताईन् ।

बित्तिय संस्थाबाट ऋण लिई विभिन्न ब्यवसाय सञ्चालन गरिरहेका ब्यापारी तथा ब्यवसायी मारमा परिरहेको ब्यवसायीको गुनासो आईरहेकोले तत्काल नाका खोल्नुपर्ने रसुवा चेम्बरका अध्यक्ष अमात्यले बताउनु भयो । सधंै नाका बन्द गरेर मात्र यसको समाधान नहुने भन्ने पक्षमा रहेका टिमुरेबासी स्वास्थ्य सुरक्षामा ध्यान दिई नाका खुलाउन सकिन्छ ।