नुवाकोटमा कोरोनाको संक्रमित १६ पुग्यो

विदुर, नुवाकोट जिल्लामा कोरोना भाईरसको संख्या बढोत्तरी भईरहेको छ । गत हप्ता जिल्लामा संक्रमित हुनेको संख्या १३ रहेकोमा हिजो बुधबारसम्म १६ जना संक्रमित भएका छन् । संक्रमितलाई जिल्ला अस्पताल त्रिशूली र खरानीटार अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गरिएको छ ।

गत बैंशाखसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १ जना काठमाडौंसँग जोडिएको ककनी गाउँपालिकाका ब्यक्ति थिए । सरकारले जेठ १ गतेदेखि अन्य जिल्ला र भारतलगायत अन्य देशबाट नागरिक ल्याउन थालेपछि नुवाकोटमा संक्रमितको संख्या ह्वात्तै बढेको हो । डेढ महिनाको अवधिमा संक्रमित १६ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीनुसार बुधबारसम्ममा जिल्लामा पिसीआरबाट परीक्षण गर्दा १६ जनामा पोजेटिभ देखिएको छ । ५ सय ३ जनाको पिसीआर जाँच गर्दा ४ सय ४७ जनामा नेगेटिभ देखिएको कार्यालयले जानकारी दिएको छ । जिल्लामा हालसम्म २ हजार ५ सय ५३ जनाको आरडिटी परीक्षण गर्दा ९५ जनाकोट पोजेटिभ र २ हजार ४ सय ६८ जनाको नेगेटिभ देखिएको छ । जिल्लामा ५९ वटा क्वारेन्टाईनमा ६२ महिला र २ सय ८१ पुरूषलाई राखिएको छ । गत जेठ १ गतेपछि नुवाकोटमा भारतबाट मात्र ८ सय पुरूष, १ सय २३ महिला गरी ९ सय २३ जना जिल्ला आएको नुवाकोट प्रहरीको तथ्याङ्क रहेको छ । त्यसैगरी, जेठ १ गतेपछि अन्य जिल्लाबाट ७१ पुरूष, १४ महिला गरी ८५ जना र अन्य देशबाट २९ पुरूष, १३ महिला गरेर ३२ जना जिल्ला भित्र्एिका छन् । बाहिरबाट आएकालाई गाउँपालिका र नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाईनमा १४ दिनसम्म राखेर पिसीआर परीक्षण गर्दा नेगेटिभ देखिए घर पठाउने गरिएको छ ।