तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:१०
Buddha Eyes

एकातिर कोरोनाको मार, अर्कोतिर सलह किराको डरलाग्दो प्रवेश ! समय छौञ्जेल हाम्रा सरकारी कार्जेलयका सरहरू गोष्ठी÷सेमिनारमै ब्यस्त ! सेमिनारको फाईल दराजमा थन्काउन नपाउँदै भारतबाट सलह तराई हुँदै पहाडतिर उक्लेपछि चेत खुलेको छ विज्ञको ! सरकार सलह किन्न प्रतिकेजी २० रूपैयाँ मूल्य तोक्दै, जनता झोला र चिम्टा बोकेर सलह समात्न कुद्दै ! सलह किरा नेपाल नआउने तर्क गर्ने हाम्रा विज्ञ ! कोरोनाको विपत्तीको सामना गर्दा गर्दै सलहबाट बच्न नसके भोकमरी टाढा छैन । सलह अघिल्लो हप्ता नै आ’भए स्थानीय सरकारको बजेट, नीति तथा कार्यक्रममा अटाउथ्यो कि ? सदरमुकाममै रहेको नगरपालिकामा नेकपाबाट विजयी वडाध्यक्षज्यूहरू बिपक्षीलाई उचालेर मेयरलाई ठिक पार्दै २÷४ वटा बैठक बसेपछि कार्यक्रममा अवरोध र होहल्ला त हुने नै भयो नि ! नेकपाका वडाध्यक्षहरूले भावी मेयरमा दर्ज गराएपछि विपक्षीलाई विरोधको ज्वारभाट उठाउन सहज हुने नै भयो नि ! विपक्षीलाई उक्साउने र मेयरलाई तह लगाउने रणनीति समुन्द्रमा पौडिरहेको डुङ्गामा मुसाले प्वाल पार्दा आफु पनि डुबिन्छ भन्ने मुसा प्रवृत्ति मौलाउँदै गएकोमा हिजो मतदान गर्नेको मन कुडिएको छ । वडाध्यक्षज्यूहरूलाई पार्टीको लगाम लाग्छ कि नत्र सलहकै पारामा जता हावा बग्छ उतै बगिएला चेतना समयमै भयाँ उपमेयरज्यू ! काँग्रेसको नेतृत्व भएको पालिकामा नेकपाले र नेकपाको नेतृत्व भएको पालिकामा काँग्रेसले रडाको झिक्ने प्रथा शुरू हुँदा जिल्ला समन्वय प्रमुख सन्तमानज्यूको निद् हराम !