सलह देखियो

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:१६

विदुर, शनिबार नेपाल प्रवेश गरेको सलह नुवाकोटमा पनि देखा परेको छ । सोमबार विदुर, पिपल्टार, कोल्पुटार र बट्टारमा सलह देखापरेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।

जिल्लामा भित्र्एिको सलह भने फाट्ट–फुट्ट मात्रै देखिएको छ । एक दुईको संख्यामा मात्रै फेला परेको सलहको झुण्ड भने नुवाकोट नभित्र्सिकेको कृषि ज्ञान केन्द्र नुवाकोटका बाली संरक्षण अधिकृत एलिजा श्रेष्ठले जानकारी दिनुभएको छ । मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुण्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानलाई सुझाएका छन् । मकै थन्काउने क्रम अन्तिम भएकोले तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथाशीघ्र काट्न, रोपाइँ भईरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषकलाई कृषि ज्ञान केन्द्रले अपिल गरेको छ ।