नेपाली ब्यवसायीले तिब्बतको पर्यटन ब्यवसायबाट धेरै लाभ लिईरहेका छन् ।

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:२६

सुमन पाण्डे,
वरिष्ठ पर्यटन ब्यवसायी

     सन् २००० मा नेपालमा चिनको विदेशमन्त्रीको भ्रमण भएको थियो । त्यसबेला चिनियाँ पर्यटक नेपाल ल्याउने बारेमा कुराकानी भएको थियो । नेपालको पहिलेदेखि नै मुख्य ब्यापार तिब्बतसँग भईरहेको छ । विदेशी पर्यटक नेपाल भएर घुम्ने तिब्बत जाने र कैलास मानसरोबर जाने गर्थे । सन् २००१ मा सुमन पाण्डे टे«किङ गाईड एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष भएपछि पर्यटन क्षेत्रमा आशालाग्दो शुरूवात भयो । उनको नेतृत्वमा रहेको टानले चीनको शासित क्षेत्र ल्हासाको तिब्बेत एसोसिएसन अफ ट्राभलसँग सम्झौता गरेर पर्यटक आदान–प्रदानको सहजता शुरू भएको थियो । उक्त सम्झौतापछि दुवै देशको पर्यटक आदान–प्रदान गर्ने समझदारी भयो । सन् २००३ मा तिब्बतको गभर्नरले नेपाल आएर काठमाडौं, पोखरा, लुम्बिनीको भ्रमण गराएपछि विधीवत रूपमा तिब्बती पर्यटक आउने क्रम शुरू भएको थियो ।

नेपाल र तिब्बतको पर्यटन आवागमन सहज गर्ने भनेर पर्यटन सचिवस्तरीय एग्रीमेन्ट भयो । त्यसपछि हरेक वर्ष नेपाल तिब्बतको पर्यटन सहजीकरण गर्ने बारे बाइलाईटर मिटिङ भईरहेको छ । यस्तो मिटिङ १ वर्ष ल्हासामा एक वर्ष काठमाडौंमा हुँदै आएको छ । तिब्बती पर्यटक ल्याउन धेरै मेहनत गरेको बताउँछन् सुमन पाण्डे । विगतमा तिब्बतको पर्यटक नेपाली गाईडले नै चलाउँथे । हामीले त्यतिबेला नै चिनियाँ पर्यटकमा फड्को मारिसकेका थियौं । २०÷२५ हजार चिनियाँ कैलाश मानसरोवर गएका थिए । पछि तिब्बतमा अनेक सुरक्षा संवेदनशिलता बढेसँगै चिनियाँ पर्यटक घट्न थाल्यो । चीनको केन्द्र सरकारले भन्दा तिब्बतमा आफै सुरक्षा कानून स्टिक छ । यसमा सरकारी पक्षले ध्यान दिनुपर्छ । तिब्बतमा सुरक्षा खतरा बढेसँगै नेपालमा तिब्बेतियन आउने क्रम सोचे भन्दा बढेको बताउँछन् पाण्डे । हाम्रो सरकारी पक्ष पर्यटकमैत्री हुने हो भने तिब्बतको पर्यटकबाट नेपालले धेरै लाभ लिन सक्छ ।

यसरी खुल्यो केरुङ नाका : 

सन् २००१ मा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चिन भ्रमणमा जाँदा हामी पर्यटन ब्यवसायीसँग पर्यटन क्षेत्रका बारेमा सुझाव मागिएको थियो । मैले नै पर्यटन र ब्यापारको लागि केरुङ नाका खोल्नुपर्छ भनेर सुझाव पठाएँ । त्यतिबेला म टानको उपाध्यक्ष थिएँ । प्रधानमन्त्री कोइरालालाई मन प¥यो मेरो प्रस्ताव र सरकारको एजेण्डामा प¥यो । सरकारले त्यतिबेले केरुङ र मुस्ताङ नाका खोल्ने प्रस्ताव चीन समक्ष गरेको थियो । पछि सन् २००९÷२०१० सम्म पनि प्रक्रिया अघि बढेको थिएन हामीले बाइलाईटर मिटिङमा कुरा उठाएका थियौं । त्यतिबेला चिनियाले हाम्रोतर्फ पुर्वाधार बन्यो नेपालतर्फ बनाउन आग्रह गरेको थियो । २०१५ मा भारतले नाकाबन्दी लगाएपछि देश नै लागेर केही पुर्वाधार बन्यो । केरुङ र मुस्ताङ ब्यापारिक नाका खोल्ने सम्झौता भएको थियो । गिरिजा बाबुको नजर केरुङ नाकामा पनि प¥यो । धेरै ढिला भएपनि नाका चाहीँ खुल्यो । पछि धेरै वर्षसम्म कुरा मात्रै मैले अर्थमन्त्री डा. रामशरण महतलाई एक पार्टीमा भेट भएको बेलामा सरकारले केरुङ नाका चाडो खोलेमा पर्यटकीय र ब्यापार दुबैमा लाभ लिन सकिने बताएको थिएँ ।

सरकारले ईच्छाशक्ति देखाएन  :

जब भारतले नेपालको संविधान जारी गरेको निउमा नाकाबन्दी लगायो । त्यसबेला दोस्रो देशसँग नेपालले ब्यापार गर्ने प्रक्रिया अगाडी बढायो । नेपालका नेताको ईच्छाशक्ति नै देखिन मैले त । आज ५ वर्ष भयो भारतले नाकाबन्दी लगाएको अहिलेसम्म पनि पूर्वाधार उस्तै नै छ । सरकारले पुनः भारतले नाका खोल्यो केरुङ नाका खोल्न त्यहा पुर्वाधार बनाउन चासो दिएन । रसुवाको राम्चेमा वर्षेनी बगिरहने पहिरो छ त्यसले ठुला कन्टेनरसहितका लोड गाडी धान्नै सक्दैन । अहिले तल त्रिशूलीको किनारै किनार स्याफ्रुवेंशी पुग्ने बाटो खोलियो तर बाटो राम्रो छैन । हिँउदमा मात्रै सञ्चालन हुन्छ । भारतले नाकाबन्दी लगाएपछि हाम्रा नेताले तातोपानी र केरुङ नाका खोल्नुपथ्र्यो । पर्यटन क्षेत्रबाट मैले चीनसँग धेरै काम गरेँ । तिब्बतको पर्यटन ब्यवसाय नेपाली ब्यवसायीहरुले चलाउँछन । अनुमति मात्र उनीहरुसँग लिने हो । कम्पनी, इकुमेन्ट काम गर्ने सबै नेपाली नै हुने हो । नेपाली व्यवसायीले तिब्बतको पर्यटन ब्यवसायबाट धेरै लाभ लिएको छ । म ल्हासा दिनको छ पटक जान्थे । २००८ मा ओलम्पिकको टाइममा ल्हासामा राजनीतिक समस्या आएको थियो । सुरक्षा अवस्था कडा हुँदै गयो । त्यो असर तिब्बतीय पर्यटनमा देखिन थाल्यो । सरकारी तहबाट त्यसलाई वार्ता सम्वाद गरेर पर्यटक बढाउन चाहेन । भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न पनि चिनले चासो देखाएन । त्यहाबाट पनि एन्टी चाइनीज मुभमेन्ट देखिन थालेपनि उसले १ महिनामा सम्पन्न गर्न सक्ने पुर्वाधार वर्षै लगाएर बल्ल बनायो । २०१९ मा १४ करोड चिनियाँले विदेश भ्रमण गरे । त्यसको १ प्रतिशत चिनियाँ पर्यटक नेपालले आकर्षित गर्न सक्यो भने १४ लाख आउँछ । २० लाख पर्यटकको लक्ष्य चिनबाटै पुरा हुन सक्छ । चिनियाँ पर्यटक ल्याउने हाम्रो भिजन हो तर मिसन के त ? कसरी ल्याउने कठालामा समातेर तानेर त आउँदैन । हामी भाषणमा धेरै कुरा गर्छौ तर मिसन बनाउन सक्दैनौं । कोरोनाबाट थालिएको पर्यटन क्षेत्र उठाउने भनेर ठुला भाषण पनि हुन्छ तर राष्ट्रिय प्राथमिकतामा पर्छ तर सरकारी कार्यशैलीमा त्यस्तो देखिंदैन । हाम्रो समस्या यही हो ।