अबैध घरेलु मदिरा नष्ट

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:२१

विदुर, जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहत कार्यालयबाट लकडाउनको अवधीमा अटेर गरी भट्टि पसल सञ्चालन गर्नेहरूबाट अवैध मदिरा बरामद भएको छ ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणकालिन अवस्थामा नेपाल सरकारद्वारा लागु गरेको बन्दाबन्दीमा अटेर गरी भट्टि पसल सञ्चालन गर्ने ब्यक्तिबाट प्रहरीले गस्तीको क्रममा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको अन्दाजी ३ सय लिटर तयारी अबैध घरेलु मदिरा गत मंगलबार जिल्ला प्रहरी कार्यालयको हाताभित्र नष्ट गरिएको थियो ।