तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:५०
Buddha Eyes

कोराना भाईरसको त्रासको कारण यस वर्ष एसईई परीक्षा अन्तिम समयमा आएर सरकारले रोक्यो । कोरोनाले विश्वलाई तहसनहस बनाएपछि नेपाल किन अछुतो रहन्थ्यो र ? विगतदेखि नै निजी तथा सरकारी विद्यालयको मापदण्ड नाप्ने मेरूदण्ड बनेको एसईई परीक्षा कोरोनाकै कारण विद्यालयलाई नम्बरिङको अधिकार दियो । चोरलाई ढुकुटी सुम्पियो झैं ! ठाउँमा पुग्दा र पाउँदा शक्ति र अधिकारको दुरूपयोग नगर्ने हाम्रो समाजमा को छ र ? आन्तरिक परीक्षामा मूल्याङ्कन गर्न कन्जुस्याई गर्ने मास्टर सा’पहरू अहिले दिल खोलेर मूल्याङ्कन गरेर परीक्षामा रेकर्ड कब्जा गर्न लार्परवाही गर्दै ४८ दिनुपर्नेलाई ८४ दिईरहेका छन् । शुल्क नपाए विद्यार्थीको रिजल्ट समेत नगर्ने निजी विद्यालयहरूको पारा उहीँ रकमी !

कोरोना भाईरसले कोहीलाई पूर्पूरो हात, कोहीलाई फलिफापै–फलिफाप ! नेपालमा कोरोनाको नाममा रेकर्ड नै तोड्ने गरी आर्थिक काण्ड भएपनि कोही जेल गा’ छैन त ? अहिले जहाँ जति रेकर्ड राख्ने गरी आर्थिक अनियमितता भएको छ, त्यो सबै कोरोनाको नाममै ? कोरोना भन्ने कस्तो भाईरस रहेछ, कमजोरलाई झन् कमजोर र शक्तिवानलाई झन् पहलमान बनाउने । अहिले जिल्लामा रहेका पालिकाले विकास बजेट र अन्य शिर्षकमा खर्च हुन नसकेको पैसा जति निर्णय ठोक्दै रकमान्तर गर्दै । स्थानीय तहका प्रमुखलाई कोरोनाले जंगबहादुर बनाउँदै । सरकारले पनि कोरोनाको नाममा खर्च गर्न जिम्मा दिंदा सार्वजनिक खरिद प्रक्रिया धोती लाग्यो । विगतमा दशै खर्च बाँडेको पारामा पालिकामा खर्च हुन नसकेको जति पैसा रकमान्तरण गर्दै कित्ता छुट्टाउँदैमा बेफुर्सद ! कोरोनाको लागि गरेको खर्चको कुनै बिल, भरपाई, सार्वजनिक खरिद, प्रक्रिया, टेण्डर, कोटेसन केही नचाहिने भएपछि लेखा प्रमुखलाई पनि हाईसञ्चो ! हैन र ? कोलोनिका प्रमुख ज्यू !