रसुवामा संक्रमित थपियो

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:५८

धुन्चे, रसुवा जिल्लामा सोमबार १ जना कोरोना संक्रमित थपिएको छ ।

यस अघि देखिएका सबै संक्रमित निको भई घर फर्किसकेको जिल्ला अस्पताल रसुवाले जनाएको छ । थप देखिएको संक्रमितलाई निलकण्ठ नमुना मा.वि.मा निर्माण गरिएको आईसोलेसन वार्डमा राखिएको छ । असार १३ गते रसुवामा पहिलो पटक ९ जनामा कोरोना संक्रमित फेला परेका थिए । त्यसको केही दिनपछि उत्तरगयाकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू कोरोनालाई जितेर घर फर्केका छन् ।