सांसदले ५ सय ८ को कोरोना बीमा गराए

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:५९
Logo of trishuli prawaha

धुन्चे, नेपाली काँग्रेसबाट संघीय सांसदमा रसुवाबाट विजयी सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका ५ सय ८ जना पेशाकर्मीको ब्यक्तिगत खर्चमा निःशुल्क कोरोना बीमा गराएका छन् ।

सांसद आचार्यले स्वास्थ्यकर्मी, पुलिस, पत्रकार तथा राजनीतिक दलमा आवद्ध ब्यक्तिको निःशुल्क कोरोना बीमा गराएका हुन् । उहाँले प्रतिब्यक्ति १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गराएका हुन् । उक्त बीमा गराउँदा ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क बीमा कम्पनीलाई बुझाएको सांसद आचार्यले जानकारी दिनुभयो । बीमा समितिले प्रतिब्यक्ति ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका कोरोना बीमा लेख जारी गरेको छ । समाजमा अग्रपङ्तीमा रहेर काम गर्नुपर्ने विभिन्न पेशाकर्मीको निःशुल्क बीमा गराएर मनोबल उच्च बनाउने पहल गरिएको सांसद आचार्यले बताउनु भयो । यसका साथै उहाँले कोरोना संक्रमण न्युनीकरण गर्नको लागि जिल्ला अस्पताल त्रिशूलीलाई ४६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रियामा लागेका छन् ।

नुवाकोटको त्रिशूली अस्पतालमा पिसिआर मेशिन सञ्चालनका लागि रसुवामा ४६ लाख रुपैयाँ सहयोग गर्न लागेको उनले बताउनु भयो । पुर्वाधार विकास कार्यक्रम अन्तर्गत बचत भएको रकम जिल्ला समन्वय समितिमार्फत नुवाकोटलाई उपलब्ध गराउने प्रक्रिया अगाडी बढाईएको छ ।