नहरमा डुबेर महिलाको मृत्यु

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १४:२०
Logo of trishuli prawaha

लामटार, नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं.–९ लामाटार बस्ने सुरेश रोक्काको श्रीमती मानसिक अवस्था ठिक नभएको बर्ष २२ की सुमित्रा मिजार त्रिशुली जलबिद्युत केन्द्रको नहरमा डुबेर मृत्यु भएको प्रहरीले आशंका गरेको छ ।

असार २५ गते दिउँसो अन्दाजी ३ बजेतिर घरबाट निस्की हिंडेको र निजलाई फेला पार्न सक्ने संम्भावित स्थान र आफन्तकोमा खोजतलास गर्दा निज फेला नपरेपछि प्रहरीलाई खवर गरिएको थियो । परिवारको निवेदनअनुसार प्रहरीलले खोजतलास गर्दा घरमा प्रयोग हुँदै आएको रेनकोट र ज्याकेट वि.न.पा.–९ त्रिशूली जलविद्युत केन्द्र, कोलनी नुवाकोटको नहर छेउमा फेला परेकोले असार २६ गते त्रिशूली जलबिद्युत केन्द्रको नहरमा निज महिला मृत अवस्थामा फेला परेको थियो । मृतकको लाश जाँच मुचुल्का गरी त्रिशूली अस्पताल शव परिक्षण गरी निजको आफन्तलाई लाशको जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।