सुजुकी मोटरसाइकल/स्कुटरमा पन्ध्र हजार छुट

  • त्रिशूली प्रवाह
  • ८ श्रावण २०७७, बिहीबार १५:५३

बट्टार, सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोवाइल्स प्रा.लि.ले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमको घोषणा गरेको छ ।

विगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस् भन्ने हेतुले कम्पनीले ‘‘उतार चढाव आईरहन्छ, सुजुकीको साथ रहिरहन्छ’’ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किम ल्याएको छ । ग्राहकलाई १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदर मध्ये कुनै एक छानेर लिन सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले अगाडी सारेको स्किम साउन १ देखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिने छ । नुवाकोटको बट्टार बजारमा भिजी अटो मोवाइल्सको आधिकारिक बिक्रेता उत्सुक अटो मोवाइल्स (त्रिशूली अटो मोवाइल्स)ले सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिद गर्नेलाई उक्त अवसर प्रदान गरिरहेको छ । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको छ । सुजुकीको मोटरसाईकल तथा स्कुटरप्रति युवाहरूको आकर्षण बढिरहेको नुवाकोटका आधिकारिक बिक्रेता त्रिशूली अटो मोवाइल्सकी मनिषा आलेले बताईन् । जापानिज ब्राण्डको सुजुकी मोटरसाईकल तथा स्कुटरको जापानी प्राविधिकको रेखदेखमा भारतमा बनिरहेको छ ।