जोर बिजोर रोल नम्बर अनुसार कक्षा सञ्चालन

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०७७, शुक्रबार १४:१८
Logo of trishuli prawaha

देउराली, नुवाकोटको म्यागङ गाउँपालिका वडा नं.–२ बुङताङमा रहेको सरस्वती माध्यमिक विद्यालयले जोर बिजोर रोल नम्बरका आधारमा विद्यार्थी बोलाएर कक्षा सञ्चालन गरिरहेको छ ।

विद्यालय ब्यवस्थापन समिति, अभिभावक र सरोकारवालाको गत हप्ता बसेको संयुक्त बैठकले लामो समय लकडाउन हुँदा विद्यार्थीको पठन–पाठन अवरोध भएकोले साउन ४ गते आईतबारदेखि नियमित विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयानुसार विद्यार्थीलाई अनिवार्य मास्क लगाएर पठाउन अविभावकलाई प्रतिवद्धता गराएर विद्यालयले स्यानिटाईजरका साथै साबुन पानीको ब्यवस्था गरेर कक्षा सञ्चालन गरिरहेको निमित्त प्रधानाध्यापक मिनबहादुर घलेले बताए । विद्यार्थीलाई १२ दिन कोरोना सम्बन्धी सचेतनामूलक विषयमा विद्यालयले पढाउने भएको छ । निमित्त प्र.अ.घलेका अनुसार गाउँपालिकाभित्र रहेका ७ वटै मा.वि. र अन्य २३ वटा विद्यालयले पठन–पाठन सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
.