कालिजंग गणको कार्य उत्कृष्ट

  • त्रिशूली प्रवाह
  • २० श्रावण २०७७, मंगलवार १४:५९

– सरस्वती न्योपाने

धुन्चे, नेपाली सेनाको स्थापनापछि गठन भएको कालिजंग गण विगत एक वर्षदेखि रसुवा जिल्लाको आन्तरिक सुरक्षा र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको छ । २ सय १६ वर्ष पुरानो गणले रसुवा जिल्लामा उत्कृष्ट कार्य गरिरहेको मूल्याङ्कन नागरिक समाज रसुवाले गरेको छ ।

नागरिक समाज रसुवाका अध्यक्ष बावुलाल तामाङले बताएअनुसार जिल्लामा कालिजंग गणले धार्मिक मार्गको मर्मत, स्थानीय विद्यालयको लागि शौचालय, वन, वनस्पति र जनावरको संरक्षणलगायत उत्कृष्ट सामाजिक कार्य गरेको छ । गोसाईँकुण्ड गाउँपालिका वडा नं.–२ रसुवागढीमा ऐतिहासिक महत्व बोकेको रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा र संक्षिप्त परिचयात्मक इतिहास उल्लेखित अभिलेख प्रतिस्थापन गरी सोही गाउँपालिकाको वडा नं.–६ बोकेझुण्डाको गाउफर्क प्रा.वि. र नागुनको जनज्योती प्रा.वि.मा ३÷३ कोठे शौचालय निर्माण गरी पहिरोले नागुनकै स्कुुलको कान्लो भन्किएर कुलेसो भाग पुरिंदा सो भागलाई पन्छाई ग्याबिन जाली लगाएर पर्खाल निर्माण गरी जनधनको समेत क्षति हुनबाट जोगाएको छ । जसले गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित भएको र ब्यारेक हाताभित्र रात्रिकालिन रुपमा समेत हेलिकप्टर रोक्न मिल्ने हेलिप्याड समेत निर्माण गरी विपदमा परेका ब्यक्तिलाई खोज उद्धार तथा राहत वितरण कार्य समेत सहजता भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ तामाङले बताए । लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षालगाएत यस गणले समाज सेवामा समेत लागि परि हरेक आपतकालिन अवस्थामा अहोरात्र खटिई रसुवाबासीको लागि दैनिक जीवनलाई सहजता पु¥याउने काम भएको छ ।