काँग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा रसुवा र नुवाकोटका सत्र जना

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १४:३६
Logo of trishuli prawaha

विदुर, नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले विधानअनुसार रसुवा र नुवाकोटका काँग्रेसका त्यागी निष्ठावान पूराना नेतालाई ज्येष्ठ राजनीतिज्ञ सभाको लागि १७ जना मनोनित भएका छन् ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले गत हप्ता पार्टीको विधानअनुसार रसुवाका ठाकुरप्रसाद देवकोटा, ढिण्डुप तामाङ, मिलन तामाङ, जेनजेन घले, नुर्पु तामाङ, बलराम श्रेष्ठ, बहादुरसिंह लामा, भीमप्रसाद भट्टराई, मोहनबहादुर थापामगरलाई मनोनित गर्नुभएको थियो । ज्येष्ठ राजनीतिज्ञ सभाको लागि नुवाकोट जिल्लाबाट तादी गाउँपालिकाका विष्णुप्रसाद अधिकारी र ध्रुवराज पाण्डे, लिखु गाउँपालिकाका रामप्रसाद अधिकारी, विदुर नगरपालिकाका शेरबहादुर घले, शम्भुप्रसाद शर्मा र कृष्णप्रसाद प्याकुरेल, म्यागङ गाउँपालिकाका सुनबहादुर गुरूङ र सिंहराज तामाङ मनोनित भएका छन् । ज्येष्ठ राजनीतिज्ञ सभामा समेटिएका सबै नुवाकोट काँग्रेसका पूराना नेता हुन् । विभिन्न कालखण्डमा पार्टीका लागि रसुवा र नुवाकोट जिल्लामा महत्वपूर्ण योगदान पु¥याएका ब्यक्तिहरू सभामा समेटिएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संघीय सांसद् बहादुरसिंह लामाले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो ।