विपद् पुर्व तयारीमा नुवाकोट

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १४:४२
Logo of trishuli prawaha

विदुर, विपद् पुर्व तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीको जोहो गरेर तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

भौगोलिक हिसावले नुवाकोटको अधिकाँस भु–भागमा बाढि पहिरोको जोखिममा रहेकाले विपद् ब्यवस्थापन समितिले तयारी थालेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसारका विपद्बाट बच्नका लागि आवश्यक राहत ब्यवस्थापन, खोज उद्धारको लागि प्रहरी र सेनालाई तयारी अवस्थामा राखिएको छ । बेलकोटगढी नगरपालिकामा भएको पहिरोको जोखिम न्युनीकरण तथा खोज उद्धारको लागि प्रहरी र सेनामार्फत जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उहाँले बताउनु भयो ।

विशेषगरी नुवाकोटको किस्पाङ गँँउपालिका, म्यागङ गाँउपालिका, सुर्यगढी गाँउपालिका, तादी गाँउपालिका र दुप्चेश्वर गाँउपालिकामा पहिरोको उच्च जोखिम रहेको छ । जोखिमयुक्त स्थलमा जिल्ला विपद् ब्यवस्थापन समितिमार्फत सम्बन्धित स्थानीयतहले नागरिलाई सचेत गराएको छ । कुनै पनि जोखिमको लक्षण देखिना साथ जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित स्थानीय तहलाई खबर गर्न प्रशासनले आग्रह गरेको छ । नुवाकोटमा भौगोलिक विकटता र विनासकारी भूकम्प २०७२ ले गर्दा विभिन्न स्थानमा जोखिम बढेको छ । नुवाकोटमा विनासकारी भूकम्पपछि जोखिम भनेर तोकिएका स्थानमा पहिरोको जोखिम कायम नै रहेकाले सम्बन्धित स्थानीय तहलाई सचेत गराएको प्रजिअ ढकालले बताउनु भयो ।