नेकपामा ५४ जना प्रवेश

विदुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिको आकर्षण जनतामा बढ्दै गएको छ । पार्टीको नीति, सिद्धान्त र विकासवादी सोच र सुखी नेपाली, समृद्ध नेपालको आकर्षक कार्यक्रम तथा जनताप्रतिको समर्पणको कारण विदुर नगरपालिकाको ५४ जना युवा निशर्त नेकपामा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस र अन्य पार्टीका क्रियाशिल विदुर नगरपालिका वडा नं.–२, ८, ९, १३ का ५४ जना भन्दा बढी युवा शनिबार नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा नुवाकोटका अध्यक्ष तथा वाग्मती प्रदेश सांसद हिरानाथ खतिवडा र सचिव एवं संघीय सांसद नारायणप्रसाद खतिवडाले टिका र खादा लगाई स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताउनुभएको थियो । सो कार्यक्रममा विभिन्न नवप्रवेशीलाई शुभकामना र बधाई वाग्मती प्रदेश कमिटीका सदस्यहरू पुष्प लामिछाने, सुर्यबहादुर कँडेल, बिन्दा ढुंगाना, सुभद्रा नेपाल, जिल्ला कमिटी सचिवालय सदस्य एवं विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र खिलप्रसाद दवाडी जिल्ला कमिटी कार्यालय सदस्य धर्मराज अधिकारीलगायतले स्वागत गर्नुभएको थियो ।

नेकपा पार्टी प्रवेशमा विनपा वडा.नं.–८ का करणबहादुर गुरूङको नेतृत्वमा जलबहादुर तामाङ, खुशीराम गुरूङ, सुजन अधिकारी, राजेश गुरूङ, सुमन आलेमगर, सुर्यबहादुर तामाङ, गंगासिंह तामाङ, बुद्धिमान तामाङ, बुद्धिमान तामाङ, सोमबहादुर तामाङ, मंगल तामाङ, तुलबहादुर तामाङ, आइसिङ तामाङ, जीवन थापामगर, सुवास घले, विजय आलेमगर, विशाल आलेमगर, दिपक बोगटी, देवा गुरूङ, हरि तामाङ, मिलन तामाङ, सुरज तामाङ, खुस्मान गुरूङ, मानबहादुर तामाङ, लालबहादुर गुरूङ रहेका छन् । त्यसैगरी वडा नं.–९ का बुधे तामाङ, रामबहादुर तामाङ, बिरबहादुर गुरूङ, राजबहादुर तामाङ, ताराबहादुर गुरूङ, वेभबहादुर तामाङ र वडा नं.–२ का टिकाकुमारी कार्की, मञ्जु श्रेष्ठ, राजकुमार न्यौपाने रहेका छन् । प्रवेश गर्नेमा वडा नं.–१३ का सागर तामाङ, फष्टबहादुर सुनार, मिनबहादुर रानामगर, राजिव रानामगर, समुन्द्र रानामगर, पुकार थापामगर, प्रकाश थापामगर, अशोक थापामगर, जयराम थापामगर, राम थापामगर, आशिष सारूमगर, हरि बहादुर आलेमगर, रोशन रानामगर, दिनेश थापामगर, निरज थापामगर, कृष्ण आलेगमगर, राजु थापामगर, राजु रानामगर, हरिशंखर थापा र अशोक थापा रहेका छन् ।