कोरोना बिमाङ्कन रकम हस्तान्तरण

विदुर, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ (नोबेल कोरोना भाईरस) बीमाको रकम कोरोना संक्रमित भई निको भएका पत्रकार जगदिश खनाललाई प्रदान गरेको छ ।

पत्रकार महासंघ नुवाकोटका सचिव समेत रहेका खनाललाई इन्स्योरेन्स कम्पनीले बिमाङ्क रकम एक लाख रुपैयाँ प्रदान गरेको हो । नुवाकोट शाखाका प्रबन्धक श्रीकृष्ण आचार्यका अनुसार पत्रकार खनालको बैंक खातामा रकम जम्मा भएको छ । पत्रकार खनाल कोभिड–१९ बाट संक्रमित भएपछि भदौ ३ गते त्रिशूली अस्पतालको आईसोलेसनमा भर्ना भएका थिए । उनी भदौ ८ गते कोरोना निको भएर घर फर्किनुभएको थियो । पत्रकार महासंघ नुवाकोटले जिल्लामा कार्यरत ९५ जना पत्रकारको विदुर नगरपालिकाको सहयोगमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीबाट कोभिड–१९ बीमा गराएको थियो ।