त्रिशूली अस्पतालमा सर्जरी सेवा

विदुर, नुवाकोटको त्रिशूली अस्पतालमा सर्जरी विशेषज्ञ सेवा शुरू भएको छ ।

त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रेमकुमार राईले त्रिशूली अस्पतालामा विभिन्न रोगका विशेषज्ञ सेवा उपलब्ध गराउने प्रयत्न स्वरूप तत्कालका लागि सर्जरी विशेषज्ञ सेवा शुरू गरिएको जानकारी दिनुभएको छ । अस्पतालको सर्जरी विभगको नेतृत्व डा.प्रेमप्रकाश पौडेलले गर्नुभएको छ । केही समयअघि मात्र त्रिशूली अस्पतालमा आईपुगेका पौडेलले विशेषज्ञ सेवाको रूपमा सर्जरीको सेवा थाल्नुभएको हो । नुवाकोट, धादिङ र रसुवाबासीले यो अस्पतालको सेवा लिंदै आएका भएपनि विगतमा सामान्य खालका शल्यक्रिया समेत उपलब्ध गराउन काठमाडौं जानुपर्ने समस्या अब हल भएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताउनु भयो । एपेन्डिसाइटिसको समयमै शल्यक्रिया नहुँदा ग्रामिण भेगका कतिपय मानिसले विगतमा अकालमै ज्यान समेत गुमाएका थिए । त्रिशूली अस्पतालमा सबै खालको विशेष सेवा उपलब्ध गराउनका लागि अस्पताल विकास समितिले पहल गरिरहेको छ ।