एक वर्षदेखि केरूङ नाका अवरोध

रसुवा, नेपालको चीनसँगको ब्यापारको प्रमुख नाका रसुवागढी विगत एक वर्षदेखि सञ्चालनमा अवरोध जारी छ ।

     गत माघमा हिमपातको कारण रोकिएको नाका त्यसपछि कोरोना महामारी शुरू भएपछि ६ महिना भन्दा बढी बन्द रहेको थियो । अहिले नाका खुलेपनि चीन र नेपालको तर्फबाट सहजीकरण नहुँदा आठ महिनादेखि केरूङमा १५ सय भन्दा बढी ट्रक÷कन्टेनर रोकिएका छन् । जेठदेखि नाका खोल्न नेपाल र चीनको उच्च तहमा सहमति भएपछि असारदेखि नाका खुलेपनि चीनले दैनिक ५ वटा मालबाहक ट्रक मात्र नेपाल प्रवेश गर्न दिईरहेको छ । भदौ महिनाको शुरूमै सामान लोड अनलोड गर्ने एकजना मजदुरमा कोरोना संक्रमण देखिएपछि भदौको पहिलो हप्तादेखि रसुवागढी केरूङ नाका पूर्णरूपमा बन्द भएको छ ।अहिले रसुवागढी केरूङ नाका चिनियाँ पक्षले एकतर्फी मात्र सञ्चालन गरेको कारण निर्यात शुन्य छ । चिनियाँ पक्षले केरूङ नाकाबाट नेपाली ट्रक/कन्टेनर चालकलाई केरूङ प्रवेश गर्न रोक लगाएको छ । नेपाली एक जना कामदारमा कोरोना संक्रमण देखिएपछि भदौ १६ गतेदेखि नाका पूर्णरूपमा बन्द रहेको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले जानकारी दिनुभयो । संक्रमण देखिएका ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर एकसय जनाको पिसिआर टेष्ट गर्दा सबैको नेगेटिभ आएको थियो भने पछिल्लो टेष्टमा ति कामदारमा पनि नेगेटिभ रिपोर्ट आएको जानकारी उहाँले दिनुभयो । चिनियाँ पक्षलाई नाका खोल्न दबाव दिंदै पूर्णरूपमा चलाउन आग्रह गरेको उनले बताए । नेपाली पक्षले मगाएका सयौं कन्टेनर सामाग्री केरूङमा अड्किएकोले नेपाली बजारमा ति सामानको कृत्रिम अभाव देखिएको छ । विगतदेखि नै यो नाका हिमपात, बाढी, पहिरोले सडक अवरूद्ध तथा कोभिड-१९ को जोखिमको कारण पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । नेपाल सरकारले कुटनीतिक पहल गरेर केरूङमा सामानसहित अड्किएका कन्टेनर छुटाउन पहल गर्न ब्यवसायीले सरकारलाई दबाव दिईरहेका छन् ।

     यो वर्षको दसैंलाई मगाईएका मात्रै होइन, अघिल्लो जाडो सिजनकै लागि लोड भएका सामाग्रीसमेत केरूङमा अड्किएपछि त्यसलाई छुटाउन नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको छ । तर, चीनले नेपालमा कोरोनाको उच्च जोखिम रहेको भन्दै नाका पूर्णरूपमा खोल्न आनाकानी गरिरहेको छ । रसुवाका सिडिओदेखि भन्सार प्रमुख, वाणिज्य सचिव र परराष्ट्र सचिवसम्मले नाका पूर्णरूपमा खोलेर अड्किएका सामान छुटाउन चीनसँग आग्रह गरेका छन् । गत मंसिरदेखि कै सामान अड्किंदा ब्यवसायीको अर्बौं रूपैयाँ जोखिममा परेको छ । नाका पूर्णरूपमा सञ्चालन नहुँदा ब्यवसायीले आठ महिनामा करोडौंको नोक्सान ब्यहोरिसकेका छन् । एक-दुई सय कन्टेनर स्याउ त बाटोमै कुहिए ब्यवसायीले बताएका छन् । किनेर ल्याएका सामाग्री छोड्न समेत चीनले अटेर गरेकोले ब्यापारिक क्षेत्रले मात्र होइन सरकारले कूटनीतिक पहल गर्नुपर्छ । नेपाल-चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष राष्ट्रभूषण चाकुबजीका अनुसार अहिले खासगरी फलफुल, तरकारी तथा फेन्सीलगायत हलुका सामाग्री मात्रै नेपाल भित्र्रिहेको छ । मानिसले लोड–अनलोड गर्न सक्ने हलुका वस्तु तथा सामाग्री मात्रै नेपाल भित्र्रिहेको छ, क्रेनले लोड–खनलोड गर्ने मेसिनरी तथा ठूला उपकरण उतै अड्किएका छन्, उनले भने । अन्तराष्ट्रिय नाकाबाट जम्मा चार÷पाँचवटा कन्टेनर मात्रै नेपाल पठाइँदै आएको छ, यही गतिमा केरूङमा रहेका कन्टेनर सबै नेपाल आईपुग्न अर्को एक वर्ष लाग्ने छ, उपाध्यक्ष चाकुबजीले बताए ।

     नेपालको कुल आयात ब्यापारमा २५ दशमलव २ प्रतिशत र निर्यात ब्यापारमा १ दशमलव २ प्रतिशत हिस्सा चीनको छ । साउन महिनामा चीनबाट ११ अर्ब १७ करोड रूपैयाँ बराबरको सामाग्री आयात भएको छ । यस अवधिमा चीनतर्फको निर्यात भने ५ करोड ६० लाख बराबर मात्रै भएको भन्सार विभागको तथ्याङ्क छ । साउन महिनामा केरूङ नाका हुँदै ९७ करोड ७५ लाख रूपैयाँ बराबरको सामाग्री आयात भएको छ । जुन कुल आयातको १ दशमलव १४ प्रतिशत बराबर हो । तातोपानी नाका भएर भने १५ करोड २ लाख रूपैयाँ बराबरको सामाग्री भित्र्एिको छ । जुन कुल आयातको ० दश १८ प्रतिशत बराबर छ । गत आ.व.मा चीनबाट नेपालमा १ खर्बं ८१ अर्ब रूपैयाँको सामाग्री भित्र्एिको थियो । तर, नेपालले भने १ अर्ब १९ करोड रूपैयाँको मात्रै निर्यात गर्न सक्यो । उक्त आ.व.मा रसुवा नाका भएर २६ अर्ब ४६ करोडको सामाग्री भित्र्एिको थियो । यो चीनबाट हुने कुल आयातको १५ प्रतिशत हो । त्यस्तै, तातोपानी नाकाबाट कुल आयातको ५ प्रतिशत हुन आउने ९ अर्ब ५३ करोडको सामाग्री भित्र्एिको थियो ।