तेस्रो आँखा

कोरोनाको संक्रमण फैलिन नदिन नियन्त्रणमा तिनै तहका सरकार र स्थानीय प्रशासनले अवरोत्र प्रशंसा गर्नुपर्ने गरी खटिएपनि नतिजा निरासाजनक ! कोरोना नियन्त्रण र रोकथाममा भएको खर्चको विवरण देख्दा जिब्रो काढ्नेको संख्या बढ्दा लेखापरीक्षक ट्वा ! कोरोना नाममा आर्थिक चलखेलले कोही मोटाउँदै, कोही सावधानी अपनाउँदै । स्थानीय सरकारको जंगबहादुर शैली अब्यवहारिक ! कोरोना नभएको पिसिआर रिपोर्ट नभएका गाउँ प्रवेश गर्न नदिने उर्दी जारी भएपछि सर्वसाधारण ट्वा ! पिसिआर गर्न एक त सहज छैन अर्को सर्वसाधारणले शुल्क तिर्न सक्छन्, सक्दैनन् ध्यान नपु¥याएको हो कि सिडिओ सा’व ? पिसिआर रिपोर्ट लिएकालाई कोरोना संक्रमण सधैंको लागि बाईबाई हुने हो र ? पिसिआर दैनिक गर्न सकिन्छ र ? पिसिआरको रिपोर्ट आउन कति दिन लाग्छ ? पिसिआर रिपोर्ट एकपटक लिएपछि कोरोना संक्रमण नसर्ने अल्पबुद्धि र वौदिक दरिदताका कारण पिसिआर ब्यवसाय फस्टाउँदै । जिल्लामा पिसिआर मेशिन ल्याउने तयारीमा रहेपनि भ्रष्टाचारको गन्ध आएपछि नेकपामा पिसिआर परीक्षण भन्दा पनि भ्रष्टाचार चेक गर्नुपर्ने प्रस्ताव आएपछि अध्यक्ष र सचिव कमरेडका लागि आगामी जिल्ला अधिवेंशन फलामको चिउरामा परिणत हुने हो कि ?