भिरको बाटोमा रेलिङबार गोसाइँकुण्ड पदयात्रा सहज

धुन्चे, रसुवा जिल्लाको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल गोसाइँकुण्ड आवतजावत गर्न सहज भएको छ । रसुवा जिल्लामा तैनाथ नेपाली सेना कालिजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको अप्ठ्यारो भिरको बाटो जतिमा रेलिङबार निर्माण गरेपछि पदयात्रामा सहजता भएको हो ।

     नेपाली सेनाको सैनिक नागरिक सम्बन्ध अभिबृद्धि कार्यक्रम अन्र्तगत गोसाइँकुण्ड मार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको २ दशमलव ५८ किमी अप्ठ्यारो भिरको बाटोमा रेलिङबार बनाईएको हो । गणले चोलाङपाटीमा ४० फिट लम्बाई २० फिट चौडाईको विश्रामघर, भूकम्पले भत्केको बुद्ध मन्दिरको पुनःनिर्माण र केही अप्ठ्यारो बाटो मर्मत समेत गरेको छ । बुद्ध मन्दिरमा हेलिप्याड निर्माण, गणेशगौडा, बुद्ध मन्दिर र गोसाइँकुण्डमा विश्रामस्थल निर्माण गरेको छ । गणले निर्माण गरेको उक्त रेलिङबार र अन्य भौतिक संरचना असोज ११ गते गाउँपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । प्रधान सेनापतिको निर्देशन र लक्ष्यअनुसार छिटो लाभ पुग्ने योजना अन्र्तगत रेलिङबार निर्माणमा ५० लाख बजेट आएको थियो । टेण्डर गर्दा अमृत घले निर्माण सेवाले निर्माण सामाग्री तथा आपूर्तिको ठेक्का ३५ लाख ६ हजार ६ सय ६२ रूपैयाँ सम्झौता गरेको थियो । गणले १० लाख १२ हजार ३ सय ६९ रूपैयाँ बराबरको श्रमदान गरेको छ । गत माघ १५ गते सम्झौता गरेर काम शुरू गरेको यो योजना असोजको पहिला हप्ताभित्र निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको छ । कालिजंग गणले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । अहिले रेलिङबारमा रंग लगाउने, पार्टी निर्माण र बुद्ध मन्दिर निर्माणको काम थोरै बाँकी रहेको छ । गणका सह–सेनानी रामभक्त आचार्यको नेतृत्वमा अधिकृत पदिक गरी ३६ जनाले गत जेठ महिनादेखि निर्माणमा अहरोत्र खटिरहेका छन् ।

     कोरोनाको असहज परिस्थिती र वर्षात्को कूनै प्रवाह नगरी गणले निर्धारित समयमै तोकिएको जिम्मेवारी पूरा गर्ने गरी खटिरहेको छ । गणमा कार्यरतका तर्फबाट गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा ५५ किलो घण्ट समेत चढाईएको छ । सेनाको कार्य प्रशंसा र स्मरणयोग्य रहेका चन्दनबारीका होटल सञ्चालक सुब्बा लामाले बताएका छन् । रसुवाबासीमा दैनिक जीवनलाई फाईदा र सहजता पु¥याउने कार्य सेनाले गर्दै आईरहेको नागरिक समाज रसुवाका अध्यक्ष बावुलाल तामाङले बताउनु भएको छ । गोसाइँकुण्ड मार्गको सबभन्दा अप्ठ्यारो क्षेत्रमा रेलिङबार, बाटो मर्मत, विश्रामघर, विश्रामस्थल, बुद्ध मन्दिर पुनःनिर्माण र गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा ससरसफाई गरी घण्ट राखिदिएको कारणले तिर्थयात्रीलाई सहज भएकोले आगामी दिनमा तिर्थयात्री बढ्ने अपेक्षा गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ का सोनाम छिरिङ तामाङले गर्नुभएको छ । सेनाले रसुवाको धार्मिक क्षेत्रको संरक्षण, पदमार्गको मर्मतलगायत गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा र जनै पूर्णिमा मेलाको बेलामा गरेको स्वास्थ्य शिविरबाट रसुवाबासीलाई सहयोग पुगेको गोसाइँकुण्ड होटल तथा लज ब्यवस्थापन उप–समितिका अध्यक्ष रेन्जन तामाङले बताउनु भयो । ४ हजार ३ सय ८० फिटको उचाईमा रहेको गोसाइँकुण्डमा विगतदेखि नै दशहरा र जनै पूर्णिमाको मेलाको अवसरमा चन्दनबारी र चोलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन र आवतजावत गर्ने भक्तजनको लागि तातोपानीको ब्यवस्थाको साथै बिरामी तिर्थयात्रीहरूलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल धुन्चे पु¥याउने कार्यमा कालिजंग गणले उल्लेखनिय कार्य गर्दै आईरहेको छ ।

     लामटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थी तैनाथ गणले जिल्लाको सुरक्षाको साथसाथै जिल्लाबासीको दैनिक जीवनलाई प्रत्यक्ष सेवा पुग्ने कार्यसमेत गर्दै आएको छ । गणले नेपाल–चीनको सिमाना रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा र संक्षिप्त परिचात्यामक इतिहास उल्लेखित अभिलेख प्रतिस्थापन गरेको छ । गत वर्ष गणर्ले गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ बोकेझुण्डामा रहेको गाउँखर्क प्रा.वि. र नागुनमा रहेको जनज्योती प्रा.वि.मा ३÷३ कोठे शौचालय निर्माण गरिदिएको थियो । जनज्योती प्रा.वि.को परिसरको भत्किएको कान्लो पन्छाएर ग्याबिन पर्खाल निर्माण गरी हुन सक्ने जनधनको क्षतिबाट जोगाएको थियो । ब्यारेक हाताभित्र गणले रात्रीकालिन अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरी आवश्यक पर्दा जिल्लाबासीले प्रयोग गर्न सक्ने ब्यवस्था मिलाईएको छ ।