बाल दिवसमा सदरमुकाम सरसफाई

विदुर, राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा नुवाकोट जिल्लाको सदरमुकाम क्षेत्रमा सोमबार र मंगलबार सरसफाई गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अगुवाईमा बाल दिवसको अवसरमा सदरमुकाम क्षेत्रमा गरिएको सरसफाईमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी, उद्योगी ब्यवसायीको सहभागिता रहेको थियो । सरसफाईमा दुई ट्रक फोहोर जम्मा भएको थियो । उक्त फोहोर उठाउन विदुर नगरपालिकाले सरसफाई कर्मचारी र ट्रक उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा रहेका सबै कार्यलयलाई कार्यालय परिसर सफा गर्न र सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । उहाँले जिल्लाका सबै कार्यालयलाई एकिकृत नागरिक वडापत्र प्रकाशन गर्न समेत निर्देशन गर्नुभएको छ ।