वार्षिकोत्सवमा बृद्ध आश्रमलाई सहयोग

देवीघाट, नुवाकोटको मुटु बट्टारमा रहेको बट्टार सहकारीले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ ।

देश नै कोरोना महामारीले आकान्त भईरहेको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सहकारीले आफ्ना सम्पुर्ण सदस्यलाई अनलाईन र सामाजिक सञ्जालबाटै २४औं स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्दै अझै स्तरीय सेवा सुविधा प्रदान गर्दै सदस्यको हितलाई नै सर्वोपरी ठानेको र आउने दिनमा सदस्यको सामाजिक, आर्थिक विकासमा अझै बृद्धि गर्न संस्था लागि परिरहने जानकारी दिएको छ ।

संस्थाले २४औं वार्षिकोत्सवको उपलक्ष्यमा विदुर नगरपालिका वडा नं.–५ देवीघाटको जेष्ठ नागरिक सेवा आश्रममा सहयोग गरेको छ । संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले जेष्ठ नागरिक सेवा आश्रममा रहेका जेष्ठ नागरिकलाई चामल, दाल, चिनी, तेलसहित विविध दैनिक खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाका उपाध्यक्ष टलकमान श्रेष्ठलगायत सञ्चालक पदाधिकारी, संस्थाका सल्लाहकार, पुर्व अध्यक्ष र आश्रमका बृद्ध आमाबुवा समेतको उपस्थितिमा आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपाललाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिंदै जाने संस्थाका ब्यवस्थापक हरिप्रसाद जोशीले बताउनुभएको छ ।