कोरोना संक्रमित १ सय १५

विदुर, बुधबारसम्म नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।

संक्रमितमध्ये त्रिशूली अस्पतालको आईसोलेसनमा ११ जनाको उपचार भईरहेको छ भने १ सय ४ जना उपचारपछि निको भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार शिवपुरी गाउँपालिकाका २४ वर्षिय पुरुष कोरोनामुक्त भएर घर फर्किएका छन् । उनी त्रिशूली अस्पतालमा रहेको आईसोलेसन वार्डमा उपचाररत रहेका थिए । यो सँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या १ सय ४ जना पुगेको छ । जसमा ७८ पुरुष र २६ जना महिला रहेका छन् । पिसिआर परीक्षणको नतिजा १ सय ३५ जनाको प्राप्त हुन बाँकी रहेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । अहिलेसम्म जिल्लाका ४ हजार १ सय ६९ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।