मन्त्रि दुलालबाट अस्पताल अनुगमन

विदुर वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलालले नुवाकोटको दुई अस्पतालको शनिबार अनुगमन गर्नुभएको छ ।

त्रिशूली अस्पताल नुवाकोट र खरानीटार अस्पतालको अनुगमन गर्दै उहाँले सेवा प्रवाहमा चुस्तता ल्याउन आवश्यक सहयोग प्रदेश सरकारले गर्ने बताउनु भएको छ । त्रिशूली अस्पताललाई यसै आर्थिक वर्षबाट १ सय शैयाँको जनरल अस्पतालको रुपमा बिस्तार कार्य श्ुरु हुने उहाँले बताउनु भयो । त्रिशूली अस्पतालले नुवाकोट, रसुवा, धादिङ, पृथ्वी राजमार्ग र गल्छी–त्रिशुली मार्गमा हुने सम्भावित दुर्घटना जोखिम न्युनीकरणका लागि समेत सहयोग पुग्ने भन्दै जनरल अस्पतालको रुपमा प्रदेश सरकारले विकास गर्न शुरु गरेको बताउनु भयो ।

वाग्मती प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको बताउँदै नुवाकोटको दुवै अस्पतालले आवश्यक्ता महशुस गरेका सबै विषयलाई प्रदेश सरकारले सम्बोधन गर्ने बताउनु भयो । अस्पतालको लागि आवश्यक पर्ने औजार उपकरण यसै आर्थिक वर्षमा खरिद गरि ब्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनु भयो । वाग्मती प्रदेश अन्तर्गत रहेको त्रिशूली अस्पताललाई यसै आर्थिक वर्षमा प्रदेश लोकसेवा आयोगले आवश्यक जनशक्तिको ब्यवस्थापन गर्न लागेको छ । जिल्लाको तादी गाउँपालिकामा रहेको खरानीटार अस्पतालमा आवश्यक सहयोग वाग्मती सरकारले गर्ने र स्थानीय तहले सञ्चालन गर्ने गरी प्रक्रिया अगाडी बढाएको उहाँले बताउनु भयो ।