नेकपा विदुर र बेलकोटगढीको सपथग्रहण सम्पन्न

  • प्रमिला सुनार

विदुर, दुई ठुला कम्युनिष्ट पार्टी एक भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको विदुर र बेलकोटगढी नगर कमिटीका पदाधिकारीलाई पद तथा गोपनियताको सपथग्रहण गराईएको छ ।

विदुरको नगर कमिटी सपथग्रहण शनिबार र बेलकोटगढी नगर कमिटीको सपथग्रहण मंगलबार सम्पन्न भएको छ । दुई ठूलो कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर बनेको नेकपाको पार्टी एकता अन्तरगत गत वर्षमा नै नगर कमिटीको पदाधिकारी चयन भएपनि आवश्यक तयारीको अपुग तथा कोरोना रोगको संक्रमणको कारण सपथ गराउन ढिलाई हुँदै आएको थियो ।