नेबिसंघका पालिकाका संयोजक अबैधानिक

विदुर, नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघ नुवाकोटका अध्यक्ष र सचिवद्वारा मनोनित गरिएका जिल्लाका १२ पालिकाका संयोजक अबैधानिक रहेको भन्दै क्षेत्रीय कार्यसमितिले विज्ञप्ति सार्वजनिक गरेको छ ।

     नेविसंघ क्षेत्रीय कार्यसमितिले संयुक्त प्रेस विज्ञप्ति प्रकाशीत गर्दै पालिका संयोजक चयन गरिएको विषयलाई भ्रमपूर्ण र पञ्चायती शैलीको पराकाष्ट भन्दै विरोध तथा असन्तुष्टी ब्यक्त गरेको छ । जिल्ला कमिटीको बैठक भेला बिना नै आएको नियुक्ति र चयन गरिएका संयोजक अबैधानिक रहेको समेत विज्ञप्तिमा लेखिएको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कृष्ण मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार नेबिसंघ केन्द्रीय कार्यालय, नेपाली काँग्रेस जिल्ला कार्यसमित र नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.१ र २ लाई बोधार्थ दिएको विज्ञप्तिमा सबै नेबिसंघ आवद्ध साथीलाई भ्रमपूर्ण र गुटगत मनेनितको भ्रममा नपरी अधिवेशनको तयारीमा लाग्न समेत अनुरोध गरिएको छ । साथै, अनुशासनहिन र बिधानविपरीत कार्य गर्ने अध्यक्ष र सचिवलाई विज्ञप्तिमार्फत् कारबाहीको माग समेत गरिएको छ ।