चिलिमेमा पाँच वर्षपछि तातोपानी

  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं.–५ मा रहेको प्राकृतिक तातोपानी पाँच वर्षपछि पहिलेकै अवस्थामा फर्किएको छ ।

     गत २०७२ को भूकम्पपछि सुकेको मुहान पुनः पाँच वर्षपछि पलाएपछि स्थानीय दंग परेका छन् । २ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको पानीको धारामा दिनप्रति दिन तापक्रम बढ्दै गएपछि स्थानीयले कुण्ड वरिपरि सफा गरी पुजा गर्न थालेका छन् । विगतको जस्तै प्राकृतिक तातोपानी अहिले आईरहेको छ । विशेष गरी कार्तिक र चैत्र महिनामा मेला लाग्ने यस ठाउँमा मुहान पुनः पानी पलाउन थालेपछि पहिलेको जस्तै आन्तरिक र बाह्य पर्यटक आउने विश्वास स्थानीय नोर्चेल तामाङले गरेका छन् । ६ वटा धारा रहेकोमा चार वटामा अहिले तातोपानी आईरहेको छ । स्थानीय नोर्चेल तामाङका अनुसार असोज १ गते बिहिबार पानीको तापक्रम २३ दशमलव ४ डिग्री रहेको थियो ।