निजामती कर्मचारी संगठनको अध्यक्षमा पुष्कर

विदुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नजिक रहेको नेपाल निजामती कर्मचारी संगठन नुवाकोटको असोज १ गतेको भेलाले कार्यसमिति पुर्नगठन गरेको छ । २०७३ मा भएको अधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारी सरूवा, बढुवा र अवकास भएपछि संगठनको गतिविधी ठप्प रहेको थियो ।

     नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीको भेलाले विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्करशर्मा रिमाललाई अध्यक्षमा चयन गरेको छ । संगठनको सल्लाहकार रहेका रिमालको अध्यक्षतामा १९ सदस्य कार्यसमिति भेलाले सर्वसम्मत चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा सरला श्रेष्ठ, सचिवमा प्रेमबहादुर लामा, सह–सचिवमा माधवप्रसाद पाण्डे र कोषाध्यक्षमा पार्वता बोहोरा रहेका छन् । त्यसैगरी, सदस्यमा नवराज कार्की, खडानन्द घिमिरे, पुष्पबहादुर बस्नेत, रामबहादुर खड्का, चन्द्रप्रकाश शर्मा, किरण डंगोल, रामहरी खनाल, भैरव घिमिरे, नारायण जी राई, सुन्दर भण्डारी, दिवाकर न्यौपाने, लिलबहादुर श्रेष्ठ, सुनिता पोख्रेल र केशरमणी पन्थी रहेका छन् । नवगठित कार्यसमितिले यही असोज २४ गते हुन लागेको आधिकारिक कर्मचारी टे«ड युनियनको प्रचारप्रसार गर्ने र संगठनको तर्फबाट उम्मेदवार बनेकालाई विजय गराउन लागि पर्नेछ । सुस्त रहेको संगठनलाई नयाँ कार्यसमितिले चलायमान बनाउने अपेक्षा कर्मचारीले गरेका छन् ।

     निजामती कर्मचारीको आधिकारी ट्रेड युनियनको निर्वाचन असोज २४ गते हुने भएको छ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा स्थापना भएको छ । सरकारी वकिलको कार्यालयका प्रमुख गोपालप्रसाद ढकाललाई जिल्ला निर्वाचन अधिकृत तोकिएको छ । गत बिहीबार निर्वाचन अधिकृतको कार्यालय सरकारी वकिलको कार्यालयमा स्थापना भएको छ । ३ गते मतदाता नामावली तयार गरेर केन्द्रमा पठाईने निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभएको छ । उहाँका अनुसार १३ गते अन्तिम नामावली प्रकाशन हुने र १४ गते उम्मेदवारी दर्ता हुनेछ ।