संविधान दिवसमा ५ सय ९४ जनालाई सम्मान

विदुर, सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रका ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरेको छ ।

     सम्मान गरिने ब्यक्तिको सूची सरकारले शनिबार सार्वजनिक गर्दै ४ सय ५३ जनालाई मानपदवी, १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदक प्रदान गर्ने बताएको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र किर्तीमान राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेलाई सरकारले विगत वर्षदेखि नै संविधान दिवसमा सम्मान गर्दै आएको छ । यो वर्ष नेपाल रत्न कसैलाई पनि दिईएको छैन । सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई सम्मान गर्ने घोषणा गरिएको छ ।

     सम्मान पाउने सूचीमा नुवाकोट विदुर नगरपालिका ९ की तेक्वान्दो प्रशिक्षक एवं ओलिम्पयन खेलाडी संगिना वैद्य, जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट असारमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक अबिनारायण काफ्ले, इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कमला नराल, ऐसेलुभूमे माध्यमिक विद्यालय किस्पाङका शिक्षासेवी नन्दराम न्यौपाने रहेका छन् । उनीहरुले प्रबल जनसेवा श्री (चतुर्थ) सम्मान पाउने छन् । संविधान दिवसमा नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितिय, तृतिय र चौथों प्रदान गरिन्छ ।