संविधान दिवशमा मदन भण्डारी फाउण्डेशनको चियापान

विदुर, संविधान दिवसको अवसरमा शनिवार नुवाकोटमा मदन भण्डारी फाउण्डेशनले चियापान र प्रवचन कार्यक्रमसहित संविधान दिवश मनाएकोे छ ।

      कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका अध्यक्ष एवं वागमती प्रदेश सांसद हिरानाथ खतिवडाले लामो प्रतिक्षा र बलिदानीपछि प्राप्त संविधानले नागरिकको सुरक्षा गर्नुका साथै सम्बृद्ध नेपाल निर्माणमा भूमिका खेल्ने बताए । नेपालको वर्तमान संविधानलाई नमूना संविधान बनाउनका लागि २०४७ सालमै मदन भण्डारीले असहमतिका २७ बुंदाले महत्वपूर्ण भूमिका रहेका बताए । मदन भण्डारीका विचार र नेतृत्व कुशलताका कारण नेपालको कम्युनिष्ट आन्दोलन यो उचाईमा पुगेको बताउनु हुंदै विचार सबैको सुन्ने धैर्य हुनु पर्दछ, यस्ता कार्यक्रमले विचार संश्लेषण गर्न र मदन भण्डारीका विचार नयाँ पुस्तामा पु¥याउन महत्वपूर्ण सहयोग पुग्ने बताउँदै केही नेतृत्वमै रहेका साथीले आफूलाई कार्यक्रममा सहभागिता नजनाउन दबाब दिएको समेत मन्तब्यको क्रममा बताउनु भएको थियो । तथापी पार्टी आफैंले नै यो कार्यक्रमको आयोजना गर्नुपथ्र्यो, नभए यो संस्थाले गरेको कार्यक्रममा सहभागी हुँदा पनि केही फरक पर्दैनथ्यो, उनको तर्क थियो । यो कार्यक्रम छैठौं संविधान दिवशको उपलक्ष्यमा आयोजना गरिएकोले सन्दर्भमा अरु बढी सान्दर्भिक र महत्वपूर्ण रहेको उनले बताए ।

     नेकपाका वागमती प्रदेश प्रमुख सचेतक एवं मदन भण्डारी फाउण्डेशन वागमतीका अध्यक्ष केशवराज पाण्डेले संविधान दिवसका अवसरमा सबै नागरिकले उत्सव मनाउनुपर्ने बताउनु भयो । वागमती प्रदेश सभाका सदस्य एवं नेकपा नुवाकोटका नेता बद्री मैनालीले पछिल्लो राजनीतिक उपलब्धिका रुपमा संविधान आएको भन्दै त्यसको कार्यान्वयनका लागि तीनै तहको सरकार र राजनीतिक कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताउनु भएको थियो । फाउण्डेसनकी जिल्ला अध्यक्ष बिन्दा ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा नेकपा वागमती प्रदेशका सदस्य रामशरण प्याकुरेल, सुभद्रा नेपाल, ठाकुरप्रसाद गजुरेल, नेकपाका जिल्ला नेता एवं मदन आश्रित प्रतिष्ठान नुवाकोटका अध्यक्ष शिवकुमार मिश्रलगायतले मन्तब्य राखेका थिए । सरकारको आह्वानअनुसार संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउनका लागि कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका कोषाध्यक्ष कृष्णबहादुर प्याकुरेलले जानकारी दिनुभयो । फाउन्डेशनका जिल्ला सचिव शिवकुमार चित्रकारले सञ्चालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन बेलकोटगढी नगरपालिकाका मेयर एवं फाउण्डेशनका उपाध्यक्ष राजेन्द्ररमण खनालले गर्नुभएको थियो ।

      कार्यक्रममा जिल्लाका सबै नेता, कार्यकर्ता तथा सबै सरोकारवालालाई आमन्त्रण गरिएको भएपनि पार्टीभित्रकै एउटा पंक्तिले भने कार्यक्रम रोक्न भरमग्दूर प्रयत्न गरेको फाउण्डेशनका पदाधिकारीले खुलासा गरेका छन् । कार्यक्रममा अनुपस्थित भएका पार्टीका केही नेताले भने भरखरै पार्टी केन्द्रीय कार्यालयले जारी गरेको आन्तरिक पार्टी निर्देशन ५ अनुसार पार्टीका विभिन्न नेताका नाममा खुलेका र परिचालित भएका विभिन्न प्रतिष्ठान वा संघ÷संस्थालाई नियमन गर्ने निर्देशन आएकोले कार्यक्रममा अनुपस्थित रहेको जनाएका छन् । स्मरणीय छ, एक हप्ता अघि मात्रै जिल्लामा स्वः नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा भने तीनै नेता तथा कार्यकर्ताको प्रतिस्पर्धात्मक सहभागिता थियो ।