प्युठ भण्डारीलाई ‘महापौरख भास्कर’

विदुर, नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर–३ घलेभन्ज्याङका मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित हुनुभएको छ ।

     संविधान जारी भएको पाँचौं वर्ष पुगेको अवसरमा नेपाली सेनाका प्युठ भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने सूचीमा परेका हुन् । प्युठ भण्डारी श्री गोरखबहादुर गण, नारायणहिटी ब्यारेक काठमाडौंमा कार्यरत छन् । प्यूठ भण्डारीले गत कार्तिक २२ गते काठमाडौंको बानियाटारमा हाइटेन्सन लाइनमा परेर जल्दै गरेका लमजुङका देव अधिकारीको सहासिक उद्धार गरेर बचाउन भएको थियो । मानपदवी, अलंकार र पदकहरुद्वारा विभूषित हुने सूचीमा नेपाली सेनाका प्रधानसेनापतिदेखि तल्लो तहका सिपाही समेत ९० जना रहेका छन् । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) मानपदवीबाट विभूषित गरिने भएको छ ।