सुजुकीको दसैंतिहार योजनामा नगद छुट

विदुर, सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोवाइल्स प्रा.लि.ले दसैंलाई लक्षित गरी सुजुकी दसैंतिहार अफर प्रारम्भ गरेको छ ।

     ‘‘चाडपर्व सबैको हौसला हाम्रो’’ भन्ने नारा लिएको यस अफर अन्र्तगत सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार नगद छुट तथा एक वर्षको सडक दस्तुर प्राप्त गर्नेछन् । हाल देशको विषम परिस्थितीमा सुजुकीले ग्राहक वर्गलाई सजक र सुरक्षित रही चाडपर्व मनाउन र सुजुकी दसैंतिहार अफरको फाईदा दिन आव्हान गरेको छ । सुजुकी दसैंतिहार अफरले ग्राहक वर्गको मन जित्ने कुरामा कम्पनी निश्चित रहेको छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनको मोटरसाईकल तथा स्कुटरले मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहक वर्ग थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजरसहित समिट सिंह बताउँछन् । नुवाकोटको बट्टार दम्कीमा उत्सुक अटोमोवाइल्सले सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटर विगत ५ वर्षदेखि बिक्री, सर्भिस दिईरहेको छ । जापानी प्राविधिकको निगरानीमा बनेको स्कुटर, मोटरसाईकलको इन्जिनमा ५ वर्षको वारेन्टी दिएको छ ।