कर्मचारी संघको अध्यक्षमा भुसाल

विदुर, नेपाली काँग्रेस निकट रहेको कर्मचारीहरूको संस्था नेपाल निजामती कर्मचारी संघ जिल्ला कार्यसमिति नुवाकोटको भेलाले अध्यक्षमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत निलमकुमार भुसाल पुनः चयन गरेको छ ।

नेपाल निजामती कर्मचारी संघमा आवद्ध भएका कर्मचारीको बैठकले भुसाललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । संघको उपाध्यक्षमा सानुकुमार कार्की र सविता दाहाल, सचिवमा जनार्दन शर्मा, सह-सचिवमा महेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा लोकनाथ न्यौपाने रहेका छन् । संघको कार्यसमितिको सदस्यमा बिनय पौडेल, प्रमिला आचार्य, रनुका श्रेष्ठ, शालिकप्रसाद अधिकारी, दलबहादुर घले, सन्दिप तिवारी, टेकबहादुर अधिकारी, भानुभक्त रेग्मी, सोमबहादुर घले, सुरेश सिटौला र शिव गजुरेल चयन भएका छन् ।