कान्छीलाई कैदमाफी

विदुर, संविधान दिवसको अवसरमा जिल्ला कारागार नुवाकोटका १ जना कैदीबन्दीसहित देशभरका २ सय ८९ जना कैदीबन्दीले कैदमाफी मिनाहा पाएका छन् ।

     कैदमाफी पाउनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर-६ की ५५ वर्षीया कान्छी श्रेष्ठ हुन् । उनलाई ज्युदो बच्चा फालेको कसुरमा जिल्ला अदालतले ४ वर्ष कैद सजाय तोकेको थियो । श्रेष्ठ वि.सं.२०७४ सालमा कैद भुक्तानको लागि अदालतले जिल्ला कारागारमा पठाएको थियो । उहाँले २ वर्ष ७ महिना १५ दिन कैद भुक्तान गरिसक्नुभएको र चालचलनमा समेत सुधारमा आएकोले कैदमाफी मिनाहा गरिएको जिल्ला कारागार नुवाकोटका सूचना अधिकारी दुर्गा वाग्लेले जानकार िदिनुभएको छ । जिल्ला कारागारमा १६ महिला र १ सय ४० जना पुरुष कैदीबन्दी रहेका छन् ।