नुवाकोटका २४ माविमा नर्स कार्यक्रम

  • त्रिशूली प्रवाह
  • १६ आश्विन २०७७, शुक्रबार १५:४३
Logo of trishuli prawaha

विदुर, नुवाकोट जिल्लाको थप २४ वटा माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिने भएको छ ।

     बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तहको दुई माध्यमिक विद्यालयमा नर्स कार्यक्रम लागू गर्ने तयारी गरेको छ । एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि ०७६ मा उल्लेख गरिएको मापदण्डअनुुसार स्थानीय तहबाट छनोट तथा सिफारिस भएका विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय सामाजिक विकास मन्त्रालयले गरेको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नुवाकोटको विदुर नगरपालिका– १२ चारघरेको महेन्द्र माध्यामिक विद्यालय, वडा नम्बर ५ पीपलटारको चन्द्रज्योति माध्यमिक विद्यालय, बेलकोटगढी नगरपालिकाको वडा नम्बर १० बेलकोटगढीको निरञ्जना माध्यमिक विद्यालय, वडा नम्बर १३ मदानपुरको शक्ति माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रमको लागि छनोटमा परेको हो । त्यसैगरी दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर–३ राउतबेंसीको कौकेश्वरी माध्यमिक विद्यालय, वडा नम्बर ४ गोल्फुभञ्ज्याङको गोल्फुभञ्ज्याङ माध्यमिक विद्यालय, म्यागङ गाउँपालिकाको वडा नम्बर– ३ देउरालीको देउराली माध्यमिक विद्यालय र भूमेदेवी माध्यमिक विद्यालय, ककनी गाउँपालिकाको वडा नम्बर ६ को नवजीवन माध्यमिक विद्यालय, वडा नम्बर– २ को शिवालय माध्यमिक विद्यालय छनोटमा परेको छ ।

     एक विद्यालय एक नर्स कार्यक्रमका लागि छनोट भएको जिल्लाको शिवपुरी गाउँपालिकाको वडा नम्बर– ८ थानापतिको जनज्ञान निकेतन माध्यमिक विद्यालय, वडा नम्बर– १ को भूमेदेवी माध्यमिक विद्यालय, किस्पाङ गाउँपालिकाको वडा नम्बर– ४ साल्मेको साल्मे माध्यमिक विद्यालय, वडा नम्बर– २ को रहेको ज्ञानज्योति माध्यमिक विद्यालय, लिखु गाउँपालिकाको वडा नम्बर–४ चौघडाको क्षेत्रपाल माध्यमिक विद्यालय, वडा नम्बर– ६ को महेन्द्र महेशदेव माध्यमिक विद्यालय रहेको छ । त्यसैगरी, तारकेश्वर गाउँपालिकाको वडा नम्बर–१ दाङसिंको दाङसिं माध्यमिक विद्यालय, वडा नम्बर–५ मा रहेको शंखादेवी माध्यमिक विद्यालय, सूर्यगढी गाउँपालिकाको वडा नम्बर– ४ हल्देको गणेश माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय, पञ्चकन्या गाउँपालिका वडा नम्बर– २ मा रहेको कालिका माध्यमिक विद्यालय, वडा नम्बर– ४ मा रहेको उदय जालपा माध्यमिक विद्यालय र तादी गाउँपालिकाको वडा नम्बर– १ मा रहेको सुन्दरादेवी माध्यमिक विद्यालय र वडा नम्बर– ३ मा रहेको खरानीटारको अमरज्योति माध्यमिक विद्यालय छनोटमा परेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।