एनआईसी एसिया बैंकका ग्राहकलाई सुजुकीको स्कुटर र मोटरसाईकल किन्दा १५ हजार छुट

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १३:५२
Logo of trishuli prawaha

विदुर, भिजी अटोमोवाईल्स प्रा.लि.ले एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई सुजुकी ब्राण्डको दुई पाङ्ग्रे स्कुटर र मोटरसाईकल खरिद गर्दा १५ हजार नगद छुट गरेको छ ।

कम्पनीले दुई पाङ्ग्रे सवारीको खरिदमा १२ हजार रूपैयाँ नगद छुट तथा ३ हजार रूपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रूपैयाँ रकम छुट दिन एनआईसी एसिया बैंकसँग समझदारी गरेको छ । उक्त समझदारीपत्रमा भिजी अटो मोवाईल्सका उप–महाप्रबन्धक धिरज भट्टराई र एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गर्नुभएको छ । यो योजना २०७७ मङ्सिर ५ गतेसम्म लागू हुने बताईएको छ । नुवाकोटमा सुजुकीको शोरूम बट्टारमा विगत पाँच वर्षदेखि उत्सुक अटो मोवाईल्सले सञ्चालन गरिरहेको छ । बट्टारमा सुजुकीको सेल्स, सर्भिस, स्पेर्यस, पार्टस् उपलब्ध छ । भिजी अटो मोवाईल्ससँगको यो सहकार्यले बैंकका ग्राहकको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका ग्राहकले क्रेडिट कार्ड उपभोग गर्नको लागि अनलाइनबाटै सहज रूपमा आवेदन दिन सक्ने ब्यवस्था समेत गरेको छ । उक्त आवेदन जुनसुकै स्थानबाट जुनसुकै समयमा दिन सकिने छ । जापानिज प्रविधीमा भारतमा बनेको सुजुकीको स्कुटर र मोटरसाईकलको पाँच वर्ष वारेन्टी दिएको छ ।