तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १४:००
Buddha Eyes

क्रसर उद्योग वैध र अवैधको लडाई जिल्लामा हटकेक भईरहेको बेला कोल्ड स्टोरेजमा अनुदान ल्याउने होडबाजीले कमरेडबीच धर्मेहात फकाउन प्रतिस्पर्धा ! सांसद भएपछि काठमाडौंमा घर, सुहाउँदो चारपाङ्ग्रे साधान नहुने त नामर्द भई गो नि ? आफ्नो हात जगन्नाथ तिनै तहमा वामे सरकार हुँदा अनुदान लटरपटर पार्न नसंक्ने पनि मान्यज्यू हुन्छ र ? सरकारले कृषिमा अनुदान ओईराएर उत्पादन बढाउने कार्जेक्रम ल्यायो तर नुवाकोटमा कोही प्रदेश सांसद अनुदान पड्काउन त कोही शेयरमा ¥याल चुहाउँदा कोल्डस्टोर हटस्टोर हुन लाग्दा तेस्रो अाँखालाई चिन्ताले कोरोना संक्रमण बढ्छ कि भन्ने त्रैहीमाम्त्रै-हीमाम् ! विदुर नगरपालिकाको एउटै वडामा दुई वटा कोल्डस्टोर बन्ला कि नबन्ला, तर बेलकोटमा खुराफाती कमरेडहरूले थापेको जालमा प्रदेशको १० वटा करोड झरलम्मै ! काम गरेर पसिना चुहाउने भन्दा पनि ¥याल निकाल्ने स्यालहरूको च्याखे बैठकले फेसबुक भरिभराऊ । यनि हाऊ पैसा कमाऊ ।