आठ जना युवा लामा विद्या सिक्दै

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १४:०२

– सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्ला साविकको धुन्चे गाविस हालको गोसाईँकुण्ड गाउँपालिका वडा नं.–६ का युवा आफ्नो परापुर्वकालदेखिको लामा विद्याको संरक्षण गर्न लागिपरेका छन् ।

      धर्म र संस्कृति पहिचान भएकोले रसुवाका युवा लामा विद्या संरक्षण गर्न जुटिरहेका छन् । धुन्चेका स्थानीय समाजसेवी लामारेन्जेन घलेका अनुसार आफ्नो पुर्खादेखि चलिआएको रितीरिवाज धर्म संस्कृति लोप हुन लागेकोले संरक्षण गर्न बावुबाजेसँग सहकार्य भईरहेको छ । आजको २१औँ शताब्दीमा पनि आफ्नो परम्परालाई जिवन्त राख्ने उद्देश्यले गत असार २ गतेबाट असोज २६ गतेसम्म आठ जना युवा गुफा बसी नृत्य पूजापाठ र विद्या सिकेर निंस्कदै छन् । ति युवाले छाया बुम मन्त्र १ लाख १ हजार १ सय ११ पटक भगवानप्रति एक महिना लगाएर ढोग गर्दै हिग्या दार्जे सेम्पा (बज्रदेवता)को ज्ञान प्राप्त गर्न ९१ वटा अंक रहेको १ लाख १ हजार १ सय ११ मन्त्र एक महिनादेखि जपिरहेका छन् ।
साल्देव र यसमा आफुले पुज्दै आएको सम्पुर्ण बुद्धहर चिनाउने र त्यसको ज्ञान प्राप्त गर्ने काम गरी यसमा पनि चार वटा मन्त्र १ लाख १ हजार १ सय ११ जपिरहेका छन् । त्यस्तै फोज्ये (टुपी मन्त्र) यो कार्य २४ घण्टाभित्र प्राप्त गर्नुपर्ने हुन्छ । यसको कारण आफु मर्दा जाने बाटो थाहा पाउन र मानव जातिमा आपत् विपत परी मरेका लासकोे टुपी निकाल्ने र बुद्ध बास गर्ने ठाउँमा मृतकको आत्माले शान्ती पाउने कार्य यस विधाबाट गर्ने भएकोले ३ महिना २५ दिनको कठोर तपस्या गर्नुपर्छ । आफ्नो भईरहेको परम्परालाई जोगाई राख्नको लागि कठोर तपस्यामा ८ जना युवा बसिरहेका छन् । यस्तो कठोर तपस्या गुफामा बसेको २४ घण्टापछि १५ दिनसम्म मन्त्र जपिरहेको स्थानीय समाजसेवी घलेले जानकारी दिनुभयो । आफ्नो धर्म संस्कृतिमा धनि रहेको धुन्चेबासीले आफ्नो परम्परालाई जिवन्त राख्दै संस्कृतिलाई जोगाएका छन् । संरक्षण गर्नुपर्छ भनेर धुन्चेका आठ जना युवाले अहिलेको जमानामा पनि धर्म कर्ममा लागेको सुन्दा स्थानीय बुढापाकाले पत्याएका छैनन् ।

      तामाङ समुदायको बाहुल्यता रहेको धुन्चेमा आफ्नो धर्मलाई जीवन्त राखी बोलीचाली रहन–सहन भेषभुषाको जगेर्ना गरी आफ्ना कलालाई मास्न दिएका छैनन् । यहाँको चलन आफ्नो ठाउँमा आएका पाहुनालाई सत्कार गर्न पाउँदा खुशी ठान्छन् । धुन्चेमा स्थानीयको पहलमा तामाङ संस्कृति झल्कने तामाङ संग्रहलय सञ्चालनमा रहेको छ । आफ्नो संस्कार मासिने होकी बावुबाजेले गरेका यस्ता किसिमका काम अहिलेका पुस्ताले गर्छ कि गर्दैनन् भन्ने चिन्ता थियो तर युवाले निरन्तरता दिएकोमा रसुवा नगरिक समाजका अध्यक्ष बाबुलाल तामाङले खुसी ब्यक्त गर्दै उनीहरूलाई हौसला दिईरहेका छन् । धुन्चेमा लामा विधा र झाँक्री विधा सिकेर आफ्नो पहिचानलाई जीवन्त राख्न कसिूएका युवालाई साथ र सहयोग गर्ने हातहरू बढिरहेका छन् । आफ्नो सांस्कृति हराए हामी मानव हुनुको अस्तित्व नहुने र धुन्चे आठ जना युवाले कठोर रुपमा तिन महिना गुफा बसेर निस्केपछि लामा पुरोहित हुनेछन् । गुफा बसिरहेका लामा पुरोहित आशिस घले भन्नुहुन्छ । आजको युगमा आफ्नो पहिचान, कला, संस्कृति भेषभुषा हराउँदै गएकोमा चिन्ता लागेर विद्या सिकेको । हामी विदेशी रहन–सहनमा भुलीसक्यो त्यसैले हामी युवाले नगरे कसले गर्छ भनेर आफ्नो संस्कृति जोगाउने अभियानमा लागेको उहाँले बताउनुभयो ।