निरञ्जनागढी–बाघखोर सडकको स्तरोन्नती शुरु

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १४:०८
  • रामहरि न्यौपाने

बेलकोट, निरञ्जनागढीबाट बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर पुग्ने सडकको स्तरोन्नतीको काम शुरू भएको छ । उक्त सडक खण्डमा भिरालो भागमा ढलान र बाँकी भागमा कोलोपत्रेसहितको स्तरोन्नतीको काम शुरू भएको हो । निरञ्जनागढीबाट बाघखोरसम्म पुग्ने ६ किलोमिटर ब्यवस्थित सडकको शनिबार बेलकोगढी नगरपालिकाको नगर प्रमुख राजेन्द्ररमण खनालले शुभारम्भ गर्दै तोकिएको अवधि दुई वर्षभित्रै पूरा गर्नको लागि काम गर्ने वातावरण नगरपालिकाले सुनिश्चित गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

      नगरपालिकाको केन्द्र बाघखोरसम्म पुग्न धमलेबाट निरञ्जनागढी हँुदै छोटो दुरी र बहुसङ्ख्यक नगरबासीको लागि आउँजाउँ गर्ने उक्त सडक स्तरोन्नतीपछि सहज हुनेछ । सम्झौताअनुसार काम सम्पन्न गर्न निर्माण ब्यवसायीलाई नगरप्रमुख खनालले निर्देशन दिनुभएको छ । सडक निर्माणले नगरपालिकाको केन्द्रसम्म नगरबासीलाई पुग्न र स्थानीय कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहयोग पुग्ने नगरपालिकाकी उपप्रमुख कविता ढुंगानाले बताईन् । सडक ब्यवस्थित भएपछि कृषि उब्जनीलाई सहजै बजार पु¥याई नगरबासीले राम्रो लाभ लिन सक्ने उहाँले बताउनुभएको छ । निरञ्जनागढी-बाघखोर सडक अहिले ट्रयाक मात्र खोलिएकाले स्तरोन्नतीको क्रममा दायाँवायाँ कटिङ गर्दा जनताबाट कुनै अवरोध नहुने भएकाले सहजरुपमा काम गर्ने वातावरण बनाउन आफूहरु तयार रहेको बेलकोटगढी नगरपालिका वडा नं.-१० का वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले प्रतिबद्धता जनाउनुभएको छ । सडक बिस्तारको लागि यसअघि नै कटिङको काम अघि बढाईसकेकाले कालोपत्रे र ढलान गर्नुअघि सडकको दायाँवायाँ १०/१० मिटर सडक संरचनाको काम शुरु गर्न र सक्केसम्म सडकले चर्चेको भन्दा बाहेकको किसानका जग्गा सुरक्षित भने बनाई दिन वडाध्यक्ष त्रिपाठीले निर्माण ब्यवसायीलाई सचेत गराउनुभएको छ । निरञ्जनागढीमा आयोजित सडक शुभारम्भ कार्यक्रममा पूर्वाधार विकास कार्यालय नुवाकोटका ईञ्जिनियर ओमकुमार शाहले दिएको जानकारीअनुसार सडक स्तरोन्नतीको लागि ३३ करोड रुपैयाँ भन्दा बढी रकम निकासा भएपनि निर्माण ब्यवसायीले २२ करोड ४१ लाख रुपैयाँमा निर्माण गर्न सम्झौता गरेको छ ।

      सडक निर्माणको लागि दायाँवायाँ १०/१० मिटरको चौडा बनाउँदै निर्माण हुने उक्त सडक स्थानीयको मागअनुसार कार्यान्वयन गर्न लागेको योजना भएकाले मुआब्जाको ब्यवस्था नभएपनि सडकलाई आवश्यक पर्ने जग्गा स्थानीयबासीले उपलब्ध गराई अवरोध तथा समस्या सिर्जना नगरिदिन उहाँले आग्रह गर्नुभएको छ । बेलकोटगढी नगरपालिकाको विभिन्न स्थानका बासिन्दालाई सेवा पु¥याउन प्रदेस सरकारमार्फत पूर्वाधार विकास कार्यालयमार्फत बजेट छुट्याईसकेको छ । थप तीनवटा सडकको लागि पनि प्रस्ताव गरेर पठाएको जानकारी इन्जिनियर ओमकुमार शाहले बताउनुभएको छ । अहिले ट्रयाक रहेको सडकमा बस सेवा सञ्चालनमा रहेपनि बर्खा लाग्ने बित्तिकै सडक अबरुद्ध हुने भएकाले निर्माण थालिएको स्तरोन्नतीको कामको कालोपत्रे तोकिएको समयमा गुणस्तरीय समेत बनाउनुपर्ने र त्यसमा सहयोग र निगरानी दुवै हुने स्थानीयबासी मानबहादुर रानाले निर्माण ब्यवसायीलाई समरण गराउनुभएको छ । निर्माणको जिम्मेवारी पाएको ‘महालक्ष्मी-अमृत र जलुकेनी’ निर्माण सेवा गरेर तीनवटा कम्पनीले संयुक्तरुपपा पाएको हो । गत असार अन्तिममा जिम्मेवारी पाएको काम दुई वर्षभित्रमा पूरा गर्नुपर्ने भएपनि सबै पक्षबाट सहयोग भएमा १५ महिनामा नै काम सम्पन्न गर्ने निर्माण ब्यवसायी सुशिल फुयाँलले प्रतिबद्धता जनाउनुभएको छ । निरञ्जनागढीबाट बाघखोरसम्म पुग्ने ६ किलोमिटर दुरी स्तरोन्नती अन्तरगत १० मिटर दायाँवायाँ हुने सडकको चौडा आठ मिटरको बनाउन लागिएको छ भने अधिकांश सडक उकालो भएकाले ढलान गर्न लागिएको छ । साढे पाँच किलोमिटर दुरी ढलान हुनेछ भने बाँकी आधा किलोमिटर गुणस्तरीय कालोपत्रे हुने निर्माण ब्यवसायी फुयाँलले बताउनुभएको छ ।